×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

भारतका लागि रुसी राजदूतले पश्चिमामाथि लगाए आरोपैआरोप

१२ भाद्र २०८०

१२ भदौ ,एजेन्सी ।
रुसले आफूले युद्ध अन्त्य गर्ने चाहाना राखेको तर स्वयं युक्रेन र पश्चिामा देशहरुका कारण त्यो सम्भव नभएको जनाएको छ । युक्रेनसँगको द्वन्द्वको शान्तिपूर्ण समाधान आफूले चाहेको तर किभ मस्कोसँग वार्ता गर्न अनिच्छुक रहेको उसले बताएको छ । भारतका लागि रुसका राजदूत डेनिस अलीपोभले यस्तो बताएका हुन् ।

यस्तै राजदूत अलीपोभले रुस र युक्रेनबीचको तनावपूर्ण अवस्थाका बाबजुद युक्रेनका पश्चिमा समर्थकहरूले उसलाई निरन्तर हतियार र सैन्य उपकरण आपूर्ति गरिरहेको पनि आरोप लगाएका छन्, जसका कारण युद्ध अन्त्य हुन नसकेको उनको भनाई छ । ’स्थिति स्पष्ट रूपमा तनावपूर्ण छ, लडाइँ जारी छ । हामी सुरुदेखि वार्ताका लागि खुला छौँ । द्वन्द्वको शान्तिपूर्ण समाधान खोजेका छौँ ।

Advertisement
Advertisement

यद्यपि युक्रेनी पक्षले बारम्बार वार्तामा रुचि नरहेको बताएको छ,’ पूर्वतर्फ नेटोको विस्तार खतरनाक रहेको तथा यदि पूर्वी युरोपका देशहरू आपसी समझदारीमा नआएमा त्यसले सैन्य द्वन्द्व निम्त्याउने यथार्थ रुसले स्पष्ट पारेको बताउँदै राजदूत अलिपोभले भने । ’कसैले हाम्रो कुरा सुनेनन् । रुसको दृष्टिकोणलाई असान्दर्भिक भनेर खारेज गरिएको छ ।

अहिले पश्चिमा देशले लिएको अडिग अडानको परिणाम हामीले भोगिरहेका छौँ,’ रुसले आक्रामक अडान नलिएको स्पष्ट गर्दै उनले भने । वर्तमान द्वन्द्वको शान्तिपूर्ण समाधान पश्चिमा देश र युक्रेनमा निर्भर रहेको उल्लेख गर्दै उनले रुसका गुनासा सम्बोधन भएमा वार्ता सहज हुने बताए ।

रुसविरुद्धको प्रतिबन्धलाई रुसविरुद्धको ‘आर्थिक युद्ध’ भन्दै राजदूत अलिपोभले ती प्रतिबन्धका बाबजुद आफ्नो देशको अर्थव्यवस्था बढ्दै गएको, कूल गार्हस्थ्य उत्पादनमा वृद्धि भएको तथा वित्तीय स्थिति पनि स्थिर रहेको बताए । हामीले स्थायित्व सुरक्षित गर्न ठूलो काम गरेका छौँ ।

रूसी अर्थतन्त्रलाई तहसनहस पार्न खोज्ने असफल भएका उनले दाबी पनि गरे । अर्को प्रसङ्गमा रुसी राजदूतले भने, ’हामी अन्तरराष्ट्रिय आर्थिक सहयोगबाट वञ्चित हुन चाहदैनौँ, हामीलाई एक्ल्याउने प्रयास भएको छ तर हामी खुला छौँ र खुलापनलाई जारी राखेका छौँ ।

Advertisement

हामी युरोपेली देशका साथै संयुक्त राज्य अमेरिकासँग व्यापार गर्न चाहन्छौँ । हाम्रा विरोधी देशका कम्पनी र व्यापारिक समुदाय पनि हामीसँग सहकार्य गर्न इच्छुक छन् तर राजनीतिक नेतृत्वले उनीहरूलाई हामीसमक्ष पुग्न निषेध गरेको छ ।’ उनले भनेका छन् ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top