एसियाकपमा नेपालीलाई चुनौती दिने पाकिस्तानको प्लेइङ–११ कस्तो छ ?

१३ भदौ, एजेन्सी ।

एसियाकप क्रिकेट आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्दैछ । यो खेल पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो ।

औपचारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपाललाई पाकिस्तानसँग एकदिवसीय खेल खेल्ने अवसर जुरेको हो। नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ । पाकिस्तानी टोलीको कप्तानी भने बाबर आजमले गर्नेछन् ।
नेपालको सम्भावित प्लेइङ–११ मा = कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित कुमार पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने, ललित राजवंशी छन् ।

पाकिस्तानको नेपालसँग खेल्ने प्लेइङ–११ मा = फखार जमान, इमाम उल हक, बाबर आजम, मोहम्मद रिजवान, अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ छन् ।

प्लेइङ ११ मा अटाएका नाम हेर्दा पाकिस्तानले एसिया कपको उद्धघाटन खेलमा नेपालविरुद्ध जोखिम नलिने भएको देखिन्छ । क्रिकेटमा प्लेइङ–११ टसपछि मात्रै सार्वजनिक गरिन्छ । तर पाकिस्तानले विश्व क्रिकेटमा नयाँ उदाहरण प्रस्तुत गर्दै आएको छ । खेलको अघिल्लो दिन नै पाकिस्तानले नेपालसँग खेल्ने आफ्नो प्लेइङ–११ सार्वजनिक गरेको हो ।

त्यसको मुख्य कारण खेलाडीलाई मानसिक दुविधा नहोस् भनेर रहेको छ । खेलाडीलाई शतप्रतिशत विश्वास दिलाउन पाकिस्तानले एक दिन अघि नै आफ्नो प्लेइङ ११ घोषणा गरेको हो । पाकिस्तानले नेपालसँगको खेलमा आफ्ना सबै प्रमुख खेलाडीलाई मैदान उतार्ने निर्णय लिएको छ । पहिलो रोजाईका कुनैपनि टोलीलाई बेन्चमा राखेको छैन् ।

पाकिस्तानले नेपाल तुलनात्मक रुपमा कमजोर टोली हुँदा बेन्चका खेलाडीलाई मौका दिनसक्थ्यो । तर त्यो जोखिम लिन चाहेन । पाकिस्तानले आफ्नो पहिलो रोजाईका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाहलाई नेपालविरुद्ध उतारेको छ । पाकिस्तानको बेन्चमा तीव्र गतिका बलरमा मोहम्मद वासिम जुनियर र फहिम अशरफ छन् ।

पाकिस्तानको लागि पाँचौं नम्बरमा खेल्ने ब्याटर निकै चिन्ताको विषय बन्दै आएको छ । उक्त कमजोरी सुधार गर्न लगातार सिरिजमा नयाँ खेलाडी प्रयोग गर्दै आएको छ । तर नेपालविरुद्ध सलमान अली अघालाई नै खेलाउने भएको छ । उक्त स्थानमा मोहम्मद हरिस, साउद सकिल र अब्दुल्लाह शफिकलाई मौका दिनसक्थ्यो ।

पाकिस्तानले अफगानिस्तानसँगको तीन ओडिआई खेलको सुरुवाती दुईमा सिरिजमा स्पिनर उस्मा मिरलाई मौका दिएको थियो । तर पाकिस्तानले नेपालविरुद्ध आफ्नो पहिलो रोजाईको स्पिन आक्रामण शादब खान र मोहम्मद नवाजलाई नै खेलाउने भएको छ । ‘पाकिस्तानका कप्तान बाबर आजमले नेपाल कमजोर टोली नभएको बताई सकेका छन् ।

‘हेर्नुस् क्रिकेटमा कुनैपनि टोलीलाई सहज रुपमा लिन सकिदैन । एउटा खेलाडीको हिसाबमा मैले सिकेको छु की क्रिकेटमा जो सुकै विपक्षी भएपनि सहज लिन हुँदैन । बाँकी टोलीलाई जसरीनै हामीले नेपालविरुद्ध योजना बनाएर अघि बढ्छौं । नेपालको टोली देखेका छौं । नेपालको कमजोरी र बलियो पक्षमा कुराकानी गरेका छौं । नेपाललाई सहज रुपमा लिदैनौं’, बाबरले खेलअघि भनेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top