क्रिप्टो करेन्सीमा जोडियो ६० किलो सुन

१३ भदौ ८०, बिहीबार

१४ भदौ,काठमाण्डौ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा अनुशन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोले यसको अनुशन्धानलाई अझ ब्यापकता बनाएको छ । अनुशन्धानका लागि हङकङ र भारतमा समेत अनुशन्धानको दायरा फराकिलो बनाएको सिआईबीले यो सुन प्रकरण ‘क्रिप्टो करेन्सी’ सँग जोडिएको फेला पारेको छ ।

क्रिप्टो करेन्सीमार्फत आर्थिक कारोबार गर्दा नोटको कारोबार हुँदैन । कारोबार गर्ने व्यक्तिको आईडीमा खाता हुन्छ । खातालाई ब्लकचेन भनिन्छ । सो ब्लकचेमा भएको डिपोजिटलाई भुक्तानीको रूपमा कारोबारीले बेच्छन् । हङकङबाट तस्करी गरेर ल्याएको सुनमा संलग्न आरोपमा अहिलेसम्म ७ जना चिनियाँ र एक जना बेल्जियन नागरिक सहित २५ जना पक्राउ परेका छन् ।

आरोपीतहरुले क्रिप्टो करेन्सीमार्फत सुनको भुक्तानी गरेको भेटिएपछि सिआईबीले प्रहरी वरिष्ठ उपरीक्षक ए.एम. चन्द्र सिंह धामीलाई त्यसबारे अनुसन्धान गर्ने जिम्मेवारी दिएको छ । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको अनुसन्धान गर्ने जिम्मेवारी साउन २१ मा सिआईबीलाई दिएको थियो ।

Advertisement

हङकङबाट तस्करी गरेर ल्याएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा सुन बरामद गरेको थियो । सुन प्रकरणमा संलग्नहरु विरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोले ‘संगठित अपराध’ मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको सो सुन् ‘रेडी ट्रेड प्रालि’ ले मगाएको हो ।

गिरोहले सुन भारत पठाउन खोजेको ब्युरोको अनुसन्धान निष्कर्ष छ । यसैका लागि केन्द्रीय अनुसन्धान ब्यूरोले एकजना अधिकृतलाई भारतमा पठाउने भएको छ । सूचना संकलनका लागी एकजना अधिकृतलाई भारत पठाउने तयारी भइरहेको सिआईबीस्रोतले बताएको छ ।

Advertisement

हङकङबाट काठमाडौँ ल्याएर तस्करले भारतमा सुन पठाउने गरेको अनुसन्धानबाट देखिएपछि भारतमा सुन ‘रिसिभ’ गर्ने समूहको अनुसन्धानका लागि भारतमा पठाउन लागिएको हो । यसका लागि दिल्लीस्थित नेपाली राजदूतावासका कन्सुलर प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले पनि अनुशन्धानमा सहयोग गरिरहेको बताइएको छ ।

सिआईबीले सूचना संकलनका लागि प्रहरी बरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को समन्वयमा एसएसपी दिनेश आचार्य हङकङ गएका हुन् । अनुसन्धानका लागी इन्टरपोलको सहयोग माग्दै सिआईबीले प्रहरी प्रधान कार्यालयमार्फत यसअघि नै पत्राचार गरेको थियो । नेपालमा पछिल्लो समय हङकङ र दुबईबाट सुन तस्करी हुने गरेको अनुसन्धानबाट थाहा भएको छ।

पछिल्लो समय विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा तस्कर समूहविरुद्धको अनुसन्धान पनि सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गोदामबाट चोरिएको सुनबारे अदालतमा मुद्दा दायर भएको झण्डै दुई महिनापछि सीआईबीले तस्करीमा संलग्न समूहमाथि अनुसन्धान थालेको हो ।

दोस्रो चरणको अनुसन्धानका क्रममा प्रहरीले बुधबार पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरेको छ । उनलाई पक्राउ गरेर संगठित अपराध र अवैध सुन चोरी पैठारीको कसूरमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ । राहुल पक्राउ परेसँगै यसको अनुशन्धानका लागि सिआईबीले ६० दिनको अनुशन्धान समय पाएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top