Nepal Times
Nepal Times
333
Shares

क्रिप्टो करेन्सीमा जोडियो ६० किलो सुन

क्रिप्टो करेन्सीमा जोडियो ६० किलो सुन

१४ भदौ,काठमाण्डौ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा अनुशन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोले यसको अनुशन्धानलाई अझ ब्यापकता बनाएको छ । अनुशन्धानका लागि हङकङ र भारतमा समेत अनुशन्धानको दायरा फराकिलो बनाएको सिआईबीले यो सुन प्रकरण ‘क्रिप्टो करेन्सी’ सँग जोडिएको फेला पारेको छ ।

क्रिप्टो करेन्सीमार्फत आर्थिक कारोबार गर्दा नोटको कारोबार हुँदैन । कारोबार गर्ने व्यक्तिको आईडीमा खाता हुन्छ । खातालाई ब्लकचेन भनिन्छ । सो ब्लकचेमा भएको डिपोजिटलाई भुक्तानीको रूपमा कारोबारीले बेच्छन् । हङकङबाट तस्करी गरेर ल्याएको सुनमा संलग्न आरोपमा अहिलेसम्म ७ जना चिनियाँ र एक जना बेल्जियन नागरिक सहित २५ जना पक्राउ परेका छन् ।

आरोपीतहरुले क्रिप्टो करेन्सीमार्फत सुनको भुक्तानी गरेको भेटिएपछि सिआईबीले प्रहरी वरिष्ठ उपरीक्षक ए.एम. चन्द्र सिंह धामीलाई त्यसबारे अनुसन्धान गर्ने जिम्मेवारी दिएको छ । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको अनुसन्धान गर्ने जिम्मेवारी साउन २१ मा सिआईबीलाई दिएको थियो ।

हङकङबाट तस्करी गरेर ल्याएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा सुन बरामद गरेको थियो । सुन प्रकरणमा संलग्नहरु विरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोले ‘संगठित अपराध’ मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको सो सुन् ‘रेडी ट्रेड प्रालि’ ले मगाएको हो ।

गिरोहले सुन भारत पठाउन खोजेको ब्युरोको अनुसन्धान निष्कर्ष छ । यसैका लागि केन्द्रीय अनुसन्धान ब्यूरोले एकजना अधिकृतलाई भारतमा पठाउने भएको छ । सूचना संकलनका लागी एकजना अधिकृतलाई भारत पठाउने तयारी भइरहेको सिआईबीस्रोतले बताएको छ ।

हङकङबाट काठमाडौँ ल्याएर तस्करले भारतमा सुन पठाउने गरेको अनुसन्धानबाट देखिएपछि भारतमा सुन ‘रिसिभ’ गर्ने समूहको अनुसन्धानका लागि भारतमा पठाउन लागिएको हो । यसका लागि दिल्लीस्थित नेपाली राजदूतावासका कन्सुलर प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले पनि अनुशन्धानमा सहयोग गरिरहेको बताइएको छ ।

सिआईबीले सूचना संकलनका लागि प्रहरी बरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को समन्वयमा एसएसपी दिनेश आचार्य हङकङ गएका हुन् । अनुसन्धानका लागी इन्टरपोलको सहयोग माग्दै सिआईबीले प्रहरी प्रधान कार्यालयमार्फत यसअघि नै पत्राचार गरेको थियो । नेपालमा पछिल्लो समय हङकङ र दुबईबाट सुन तस्करी हुने गरेको अनुसन्धानबाट थाहा भएको छ।

पछिल्लो समय विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा तस्कर समूहविरुद्धको अनुसन्धान पनि सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गोदामबाट चोरिएको सुनबारे अदालतमा मुद्दा दायर भएको झण्डै दुई महिनापछि सीआईबीले तस्करीमा संलग्न समूहमाथि अनुसन्धान थालेको हो ।

दोस्रो चरणको अनुसन्धानका क्रममा प्रहरीले बुधबार पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरेको छ । उनलाई पक्राउ गरेर संगठित अपराध र अवैध सुन चोरी पैठारीको कसूरमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ । राहुल पक्राउ परेसँगै यसको अनुशन्धानका लागि सिआईबीले ६० दिनको अनुशन्धान समय पाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.