×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

विप्लवले गरे एमसीसीविरुद्ध आन्दोलनको घोषणा

१५ भाद्र २०८०

१५ भदौ,काठमाण्डौ ।
सत्तारुढ गठबन्धनमा आवद्ध ४ दलीय समाजवादी मोर्चामा रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध आन्दोलनको घोषणा गरेको छ । उसले पहिलो चरणको सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । जसमा गोष्ठी र मार्चपास अभियान रहेका छन् ।

शुक्रबार बिहान बसेको सो पार्टीको स्थायी कमिटी बैठकले काठमाडौँको लप्सेफेदीबाट धादिड, नुवाकोट, मकवानपुर, नवलपरासी, रुपन्देही लगायतका जिल्लामा अन्तरक्रिया र गोष्ठी हुनेछन् । ती कार्यक्रम सकभर देशभक्तहरूको संयुक्त रूपमा आयोजना गरिने र यदि त्यसो नभए पनि नेकपाले एकल रूपमा गोष्ठी र अन्तरक्रियाहरु गर्ने नेता अनिल शर्माले बताए ।

Advertisement
Advertisement

यी कार्यक्रम भदौ १९ देखि २३ सम्म हुनेछन् । शर्माका अनुसार असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान चलाउने पनि बैठकले निर्णय गरेको छ । गोष्ठीको कार्यक्रम सकिएपछि असोज १ देखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान सुरु गर्ने शर्माले जानकारी दिए ।

त्यसमा सामना सांस्कृतिक परिवार र कलाकार माइला लामासहितको टोली पनि सहभागी हुनेछ । पहिलो चरणको कार्यक्रम सकिएपछि स्थायी कमिटी बैठक बसेर दोस्रो चरणको कार्यक्रम तय गर्ने सो पार्टीले जनाएको छ । ‘पहिलो चरणको कार्यक्रममा अहिले सहभागी छौँ ।

यो सकिएपछि आवश्यकअनुसार निर्णय हुन्छ’, नेता शर्माको भनाइ छ । यसैबीच विप्लवको समूह समेत सहभागि रहेको समाजवादी मोर्चा नेपालले आज पोखरामा सन्देश सभा गर्दैछ । प्रदेशस्तरीय सभाका क्रममा मोर्चाले शुक्रबार गण्डकी प्रदेशको राजधानी पोखरामा सन्देश सभा गर्न लागेको हो ।

पोखरा सभागृहमा हुने सभामा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन् । उनीसँगै मोर्चामा आबद्ध दलका शीर्षनेताले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सभामा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहभागी माओवादी केन्द्रका सचिव एवं समाजवादी मोर्चाका गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले जानकारी दिए ।

प्रचण्डसहित माओवादीका केही नेताहरुले र नेकपा एसका नेताहरुले समेत एमसीसी कार्यान्वयनको चरणमा जाँदा पनि यसबारे उठेका कुराहरुबारे छलफल गर्नु पर्ने बताइरहेका छन् ।

Advertisement

झलनाथ खनालले भने सुरुवात देखिनै एसीसी खारेज नै हुनुपर्ने बताउदै आएका छन् । मोर्चाले बिहीबार सुर्खेतमा सन्देश सभा आयोजना गरेको थियो । जहाँ विप्लवले कम्युनिष्ट एकतामा जोड दिएका थिए भने प्रचण्डले एमाले विभाजनको अवस्थामा रहेको दावी गरेका थिए ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top