×

NEPAL TIMES UPDATES

Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026
Playing
साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक|| Nepal Times
May 19, 2026
Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026
Playing
वीरगञ्जबाट किन रातारात प क्राउ परे दुर्गा प्रसाईं ? || Nepal Times
May 19, 2026
Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026

चन्द्रमामा लुना ठोक्किएको ठाउँमा खाडल भेटियो

१५ भाद्र २०८०

१५ भदौ ,एजेन्सी ।
रुसको लुना–२५ अन्तरिक्ष यान भारतको चन्द्रयानभन्दा पहिले चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्न लागेको थियो । तर प्रि–ल्यान्डिङ अर्बिटमा जाँदा ग्राउन्ड स्टेशनसँगको सम्पर्क टुटेको थियो । लगत्तै अन्तरिक्षयानले नियन्त्रण गुमाएर चन्द्रमाको सतहमा दुर्घटनाग्रस्त भएको थियो । अब नासाले रुसको लुना २५ दुर्घटना भएको ठाउँ पत्ता लगाएको छ ।

नासाको लुनार रिकोनेसेन्स अर्बिटर (एलआरओ) अन्तरिक्ष यानले चन्द्रमामा नयाँ क्रेटर फेला पारेको छ। लुना–२५ अन्तरिक्षयान अगस्ट १९ मा दुर्घटनाग्रस्त भएको थियो। नासाले यो अन्तरिक्ष यान जहाँ खसेको थियो त्यहाँ ठूलो खाडल बनेको देखेको छ । नासाले भनेको छ, रुसी अन्तरिक्ष एजेन्सी रोजकोसमोसले अगस्ट २१ मा प्रभाव बिन्दुको स्थानको अनुमान गरेको थियो ।

Advertisement
Advertisement

रोजकोसमोसको टोली र मिसन अपरेशन टोलीले २२ अगस्टसम्म अन्तरिक्ष यानमा आदेशहरू पठाउन सक्षम थियो । नासाले थप भनेको छ, यी तस्विर खिच्ने प्रक्रिया २४ अगस्टको दिउँसो २.१५ बजे सुरु भएको थियो र करिब ४ घण्टामा पूरा भएको थियो । टोलीले टक्कर अघि र पछि खिचिएका तस्विरहरूको तुलना गरेको थियो जहाँ एउटा नयाँ खाडल फेला पारेको थियो ।

एलआरओले पहिलो पटक जुन २०२२ मा यस क्षेत्रको फोटो खिचेको थियो । किनभने यो नयाँ खाडल लुना २५ को अनुमानित टक्करको बिन्दुको नजिक छ । नयाँ खाडलको व्यास १० मिटर छ। रुसले अगस्ट १० मा लुना–२५ अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो । रुसको लक्ष्य उसको अन्तरिक्ष यान अगस्ट २१ मा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने थियो।

Advertisement
Advertisement

रुसी अन्तरिक्ष एजेन्सीले थ्रस्टर अत्यधिक रूपमा चलिरहेको थियो, जसका कारण यो सीधा सतहतिर ठोक्किएको थियो । क्रेमलिनले देशको अन्तरिक्ष कार्यक्रम जारी रहने बताएको छ। रुसको लुना–२५ सन् १९७६ पछि पहिलो अन्तरिक्ष यान थियो, जुन चन्द्रमामा पठाउन प्रक्षेपण गरिएको थियो। अब रुसले क्रमश लुना २६, २७ र २८ सम्मको तयारी गरिरहेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top