Nepal Times
Nepal Times
288
Shares

इजिप्टको विमानले आकाशमै इन्धन भर्याे

इजिप्टको विमानले आकाशमै इन्धन भर्याे

१७ भदौ, एजेन्सी ।
भारतीय वायु सेनाको विमानले आकाशमै इजिप्टको जेट विमानमा इन्धन हालिदिएको छ । ब्राइटस्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको आकाशमै इन्धन भर्ने आईएल–७८ विमानले इजिप्टको वायुसेनाको विमानमा आइतवार इन्धन भरेको हो । ’इजिप्टको आकाशमा भारत–इजिप्ट मैत्रीलाई ब्राइट स्टार–२३ को माध्यमबाट अझ सुदृढ बनाउने प्रयास भएको छ,’ भारतीय वायुसेनाले भनेको छ ।

आफ्ना केही सैन्य अधिकारी आगामी तीनसाता इजिप्टमा रहने वायुसेनाले जनाएको छ । यो अभ्यास अगस्ट २७ मा सुरु भएर र १६ सेप्टेम्बरमा समाप्त हुनेछ । भारतको रक्षा मन्त्रालयले पारस्परिक प्रतिरक्षा सहयोग सुदृढ तुल्याउने उद्देश्यले उक्त द्विवार्षिकी बहुपक्षीय अभ्यासमा वासुसेनाका १५० जना कर्मचारी ब्राइट स्टार–२३ मा सहभागी हुन इजिप्ट पुगेका जनाएको छ ।

ब्राइटस्टार संयुक्त सैन्य अभ्यासमा अमेरिका, साउदी अरब ग्रीस र कतारका वायुसेनाका अधिकारीले पनि भाग लिएको रक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । भारतीय वायुसेनाको टोलीमा ५ मिग–२९, २ आईएल –७८, दुई सी –१३० र दुई सी – १७ विमानहरू छन्। अभ्यासमा भाग लिन भारतीय वायुसेनाका गरुड विशेष बलका कर्मचारीहरूसहित २८, ७७, ७८ र ८१ स्क्वाड्रनका कर्मचारीहरू पनि इजिप्ट पुगेको भारतीय वायु सेनाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.