बाइडेन पत्नीलाई फेरि कोरोना संक्रमण / काठमाडौंमा फेरि कोरोनाविरुद्धको ‘बुस्टर डोज’ दिइँदै

१९ भदौ, काठमाण्डौ ।
अमेरिकी प्रथम महिला जिल बाइडेनमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनमा जी–२० राष्ट्रको शिखर सम्मेलनमा भाग लिन भारत प्रस्थान गर्नुभन्दा दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएको हो । यद्यपि, राष्ट्रपति बाइडेनको कोभिड–१९ परीक्षण भने नेगेटिभ आएको छ ।

जिल बाइडेनमा हाल कोभिड–१९ को हल्का लक्षणहरू देखिएका छन् । उनी डेलावेयरको घरमै बस्नेछिन्, भारत आउने छैनन् । गत वर्ष अगस्टमा बाइडेनकी ७२ वर्षीया श्रीमतीलाई पनि कोभिड भएको थियो । श्रीमती जिल बाइडेन कोभिड पोजिटिभ भए पनि राष्ट्रपति बाइडेन जी–२० सम्मेलनको समयतालिका अनुसार भारत आउनेछन् ।

कार्यक्रममा राष्ट्रपतिले कार्यक्रममा सहभागी हुने ह्वाइट हाउसले जानकारी दिएको छ । बाइडेन सेप्टेम्बर ७ मा भारत प्रस्थान गर्नेछन्। सेप्टेम्बर ८ मा नयाँ दिल्लीमा हुने न्द्दण् शिखर सम्मेलनको क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय बैठक पनि गर्नेछन्।यस क्रममा उनले सन् २०२६ मा न्द्दण् सम्मेलनको आयोजकका रुपमा गर्न अमेरिकाको राष्ट्रपतिको रुपमा अगाडि आउनेछ ।

Advertisement

यसैबीच काठमाडौंमा कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप फेरि दिइने भएको छ । बुस्टर डोज खोप लगाउन छुटेकाहरूलाई यही भदौ २५ देखि ३० गतेसम्म अभियानकै रूपमा खोप लगाउन लागिएको हो ।यसअघि पटक–पटक बुस्टर डोज लगाउन अनुरोध गरिए पनि धेरै नागरिक छुटेकाले अभियानकै रूपमा खोप दिन लागिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

सो क्रममा दोस्रो बुस्टर डोज पनि लगाउन सकिनेछ । प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थाहरू, सामुदायिक विद्यालय, नगर र सरकारी तथा गैरसकारी अस्पतालबाट खोप दिइने कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top