×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

जी–२० कै लागी दिल्लीका दर्जनौँ झुपडी हटाइए,लाखौँ घरबारविहीन

२४ भाद्र २०८०

२४ भदौ, एजेन्सी ।

जी २० शिखर सम्मेलनको आयोजना गरेको भारतको राजधानी शहर दिल्ली अहिले पहिलाको जस्तो छैन् । व्यापक सरसफाइ र सौन्दर्यीकरणले अहिले दिल्लीको रुपरंग नै बदलिएको छ । भारतलाई विश्वको तेस्रो ठूलो आर्थिक शक्ति बनाउने वाचा गर्दै आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जी–२० मा आउने विदेशी पाहुनाको नजरमा राजधानी सहरको गरिबी पर्न नदिन कुनै कसर छाडेका छैनन् ।

Advertisement
Advertisement

सम्मेलनको तयारीका लागि सडकछेउ सामान बेच्ने ठेलागाडा व्यपारीदेखि माग्नेसम्म, भुसिया कुकुरदेखि बजार क्षेत्रमा रम्दै घुमिरहेका बाँदरसम्म सरकारी नजरबाट बचेका छैनन् । प्रहरीले सम्मेलनअघि सडकछेउमा मागेर गुजारा चलाउने सडक बालबालिकालाई समेत समातेर राखेको छ । सहरलाई सुन्दर देखाउन सेप्टेम्बरको सुरुमा एक हजार भुसिया कुकुरलाई ‘क्रूरतापूर्वक’ नियन्त्रणमा लिइएको एक पशु संरक्षण संगठनले आरोप लगाएको थियो ।

जी–२० सम्मेलनकै लागि भनेर दिल्लीमा रहेका कम्तीमा २५ झुपडी बस्तीहरू पूर्ण रूपमा नष्ट बनाइएको फ्रेन्च पत्रिका ‘ल मोन्ड’ले अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ । बस्ती भत्काउदा त्यहाँ बसोवास गर्दै आएका लाखभन्दा बढी बासिन्दालाई कुनै वैकल्पिक आवास नदिएकाले उनीहरू घरबारविहीन हुन पुगेका छन ।

शिखर सम्मेलनकेन्द्रित सहरी सौन्दर्यीकरणका लागि बस्ती भत्काउने सूचना बाहिरिएपछि केही झुपडी–बस्तीका बासिन्दा बस्ती भत्काउन रोकिदिन माग गर्दै दिल्ली उच्च अदालतको ढोका ढकढक्याउन पुगेका थिए । तर, अदालतले दिल्लीका झुपडी–बस्ती अवैध भएको फैसला गरिदियो । त्यसपछि सहरका अधिकारीले बस्तीमा बसोवास गर्नेहरूलाई मे ३१ सम्म बस्ती खाली गर्न आदेश दिएका थिए ।

सरकारका अधिकारी अहिले भत्काइएका बस्तीहरू सरकारी जग्गामा गैरकानुनी रूपमा रहेका बस्तीलाई नियमित कार्यका रूपमा ‘हटाइएको’ अभियानअन्तर्गत नै भत्काइएका बताउँछन । सहरबाहिरबाट कामको खोजीमा आउने विपन्न श्रमिककको आश्रयस्थल रहेको जनता क्याम्पजस्तै झुपडी बस्तीले दशकौँको समयावधिमा आकार लिएका थिए ।

ती बस्तीमा बस्ने प्रायः बासिन्दा बस्तीनजिकैका निर्माणस्थलमा काम गर्छन । तिनका परिवारका लागि दशकौँदेखि घर भनेकै तिनै बस्तीका जस्ताले बेरेर बनाइएका साना घर हुने गथ्र्यो । तर, अब बस्ती भत्किएसँगै ती बस्तीमा बसोवास गर्नेमध्ये कैयौँको दिल्ली बसोवास अनिश्चित बनेको छ ।

Advertisement

गत महिना देशको सर्वोच्च अदालतले सुकुम्बासीलाई सार्वजनिक जग्गा कब्जा गर्ने अधिकार नभएको तर तिनलाई सो स्थानबाट हटाउनुअघि समय दिनुपर्ने र तिनले पुनः स्थापनाका लागि आवेदन दिन सक्ने निर्णय गरेको थियो । भारतीय प्रमुख संचारमाध्यामहरुमा पनि यो खबरले प्राथमिकता पाउन सकेको छैन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top