×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

आइफोन १५ सार्वजनिक, चार्जर टाइप–सी ,कति पर्छ ?

२७ भाद्र २०८०

२७ भदौ, एजेन्सी ।
एप्पलले आइफोन १५ सिरिज सार्वजनिक गरेको छ। कम्पनीले मंगलबार एप्पल इभेन्टमार्फत आइफोन १५ सिरिज सार्वजनिक गरेको हो। एप्पलको आइफोन १५ विश्व बजारको निकै प्रतिक्षित सिरिज हो। क्यालिफोर्नियास्थित स्टिभ जब्स थियटरमा भएको एप्पल इभेन्टको यस वर्षको ट्यागलाइन ’वन्डरलस्ट’ रहेको थियो।

कम्पनीले आइफोन १५ सिरिजअन्तर्गत आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स गरी चार मोडल सार्वजनिक गरेको छ । कम्पनीले यही शुक्रबारदेखि प्रि–अर्डर समेत सुरू गर्ने बताएको छ। आइफोन १५ सिरिजसँगै कम्पनीले एप्पल वाच अल्ट्रा २ र एप्पल वाच सिरिज ९ पनि सार्वजनिक गरेको छ।

Advertisement
Advertisement

एप्पलले आइफोन १५ सिरिज र एयरपड्स प्रो डिभाइसहरूमा युएसबी–सी चार्जिङ केबल प्रदान गर्ने बताएको छ। सार्वजनिक गरिएको नयाँ आइफोन १५ सिरिजअन्तर्गतको आइफोन १५ र आइफोन १५ प्लस १२८ जिबी, २५६ जिबी र ५१२ जिबीमा उपलब्ध हुनेछ।

आइफोन १५ प्रो यीबाहेक १ टिबी स्टोरेज क्षमता भएको भेरियन्टसम्म उपलब्ध हुनेछ भने आइफोन १५ प्रो म्याक्स २५६ जिबी स्टोरेज क्षमतादेखि १ टिबी क्षमतासम्मको भेरियन्टमा उपलब्ध हुनेछ। कम्पनीले आइफोन १५ को सुरुआती मूल्य ७९९ अमेरिकी डलर तोकेको छ।

आइफोन १५ प्लसको सुरुआती मूल्य भने ८९९, आइफोन १५ प्रोको ९९९ र आइफोन १५ प्रो म्याक्सको मूल्य १,१९९ डलर तोकिएको छ । आइफोन १५ र आइफोन १५ प्लस दुवैमा २००० निट्सको पिक ब्राइटनेससहित ओएलइडी सुपर रेटिना डिस्प्ले दिइएको छ।

आइफोन १५ मा ६.१ इन्च र आइफोन १५ प्लसमा ६.७ इन्चको डिस्प्ले स्क्रिन दिइएको हो। दुवै मोडल ए १६ बायोपिक प्रोसेसरद्वारा सञ्चालित छन्। यसभन्दा अघिको आइफोन १४ प्रो र प्रो म्याक्समा पनि यही प्रोसेसर दिइएको थियो। यी मोडलहरू गुलाबी, पहेँलो, हरियो, निलो र कालो गरी पाँच विभिन्न रङमा सार्वजनिक गरिएको हो।

आइफोन १५ प्रो गेमिङ–केन्द्रित सफ्टवेयर सुविधाहरूसहित तयार पारिएको छ। यसमा ए १७ प्रो चिप र मल्टिपल लेन्ससहितको प्रो–लेभल क्यामेरा प्रणाली दिइएको छ। आइफोन १५ प्रो म्याक्स पनि ए १७ चिपमा आधारित छ। आइफोन १५ प्लो म्याक्समा विशेष यसको क्यामेरा छ। यसमा १० एक्ससम्म जुम गर्न मिल्ने अप्टिकल जुम रेन्ज दिएको छ।

Advertisement

आइफोन प्रोमा ६.१ इन्चको डिस्प्ले दिइएको छ भने आइफोन प्रो म्याक्समा ६.७ इन्चको डिस्प्ले छ । आइफोन १५ प्रो र प्रो म्याक्स नेचुरल टाइटानियम (ग्रे), निलो, सेतो र कालो गरी चार रंगमा सार्वजनिक गरिएको छ। यस्तै एप्पलले सार्वजनिक गरेको एप्पल वाच सिरिज ९ मा एस–९ चिप दिइएको छ, जुन तुलनात्मक रूपमा राम्रो मानिन्छ। एप्पलको अल्ट्रा २ को ब्याट्री क्षमतामा पनि विकास गरेको बुझिन्छ। यसलाई एक पटक पूरा चार्ज गरेपछि ३६ घण्टासम्म चलाउन सकिने दाबी गरिएको छ। यसमा नाइट मोड फिचर पनि समावेश गरिएको छ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top