सन्दीपको अन्तिम सुनुवाइ असोज १ गते

२६ भदौ ८०, बुधबार

२७ भदौ, काठमाण्डौ ।
नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने विरुद्ध दायर भएको नाबालिगमाथिको जबरजस्ती करणी सम्बन्धी मुद्दा असोज १ गते पेसी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दा पटकपटक पेसी चढ्ने अनि केही न केही आदेश गर्ने हुँदै सर्दै आएको छ। यसअघि पनि जिल्ला अदालतले बसाइँ–सराइ गरी गएको स्थानबाट कागजात मगाउने आदेश गरेको थियो।

Advertisement

उक्त आदेश अनुसारको विवरण जिल्ला अदालतमा पेस भएकाले असोज १ गतेका लागि पेसी तोकिएको र उक्त दिनबाट निरन्तर सुनुवाइ हुने आशा राखेको लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए। यसअघि भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँ–सराइ गरी गएको काठमाडौंको एक स्थानीय तहबाट बसाइँ–सराइ गर्दा पेस गरिएको कागजात माग गरेको थियो।

त्यसअघि भदौ १० गते अगाडि सन्दीपको मुद्दामा साउन ३२ गते (बिहीबार) सुनुवाइ भएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी (गौशाला २६)की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो।

Advertisement

पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न भनेको हो। न्यायाधीश खतिवडाको साउन ३२ गतेको इजलासले मुद्दाको नियमित सुनुवाइ गर्ने निर्णय समेत गरेको थियो। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट मुद्दाको सुनुवाइ गर्न भनेपनि जिल्ला अदालत काठमाडौंमा पटकपटक मुद्दाको पेशी सर्दै आएको छ । अहिलेसम्म यो मुद्दा अन्तिम सुनुवाइ हुन तयार भएपछि पनि जिल्ला अदालत काठमाडौंका एघार न्यायाधीशको इजलासमा घुमिसकेको छ ।

Advertisement

अन्तिम सुनुवाइमा पेसीमा चढ्न थालेको सात महिना पुगे पनि बहस सुन्ने र फैसला सुनाउने आँट न्यायाधीशहरूले गर्न सकेका छैनन् । कतिपय न्यायाधीशले समय हुँदाहुँदै पनि ’हेर्न नभ्याइने’ भनेका छन् त कतिपयले बहसै सुनिसकेपछि पनि ’हेर्न नभ्याइने’ भनेर पन्छाएका छन् । कतिपयले भने सरकारी वकिललाई स्थगित गर्न समेत लगाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top