×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विश्व वरीयतामा भारत दोस्रो, पाकिस्तान तेस्रो, नेपाल …?

२९ भाद्र २०८०

२९ भदौ, एजेन्सी ।
श्रीलंकामा एसिया कपका खेल जारी रहेको अवस्थामा क्रिकेटको एक दिवसीय विश्व वरीयता सार्वजनिक गरिएको छ । जसमा विश्व नम्बर एक रहेको पाकिस्तान तेस्रो स्थानमा पुगेको छ । एसिया कपमा भारत र श्रीलंकाको हारपछि प्रतियोगिताबाटै बाहिरिएको पाकिस्तानलाई भारतले समेत पछि पारेको छ ।

हाल अस्ट्रेलिया एकदिवसीय वरीयताको शीर्ष स्थानमा पुगेको छ। दक्षिण अफ्रिकासँग खेलेको पछिल्ला तीन मध्ये दुई खेल जितेसँगै अस्ट्रेलिया शीर्ष स्थानमा पुगेको हो। यता भारत दोस्रो स्थानमा छ। एसिया कप २०२३ अन्तर्गत आज बंगालदेशलाई भारतले हराए तथा आजै दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई पराजित गरे भारत वरीयताको शीर्ष स्थानमा पुग्नेछ।

Advertisement

एसिया कपपछि भारत र अस्ट्रेलियाबीच तीन खेलको एकदवसीय सिरिज हुनेछ। यो सिरिजले पनि विश्वकपअघि शीर्ष स्थानमा रहने टिमको टुंगो लगाउने छ । भारतमा हुने एकदिवसीय क्रिकेट विश्वकपअघि विश्व वरीयता भारत वा अस्ट्रेलिया पुग्ने देखिएको छ। यता पाकिस्तान तेस्रो स्थानमा झरेको छ।

एसिया कपको सुपर फोरमा श्रीलंका र भारतसँग पराजित भएसँगै पाकिस्तानको वरीयता खस्किएको हो। एसिया कपअघि पाकिस्तान विश्व वरीयताको शीर्ष स्थानमा थियो। पाकिस्तानको भने विश्वकपअघि कुनै आधिकारीक एकदिवसीय खेल छैन।

त्यसैले पाकिस्तान विश्वकपअघि नम्बर एकमा फर्कने सम्भावना देखिदैन । यता वरीयतामा नेपाल भने १५औं स्थानमा छ। नेपालको वरीयतामा कुनै परिवर्तन भएको छैन। नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो। यद्यपी नेपालले दुवै खेलमा हार ब्यहोरेको थियो।
एकदिवसीय विश्व वरीयताको सूची यस्तो छ :
१ अस्ट्रेलिया
२ भारत
३ पाकिस्तान
४ इंग्ल्याण्ड
५ न्यूजिल्याण्ड
६ दक्षिण अफ्रिका
७ श्रीलंका
८ बंगलादेश
९ अफगानिस्तान
१० वेस्ट इन्डिज
११ जिम्बाब्वे
१२ स्कटल्याण्ड
१३ आयरल्याण्ड
१४ नेदरल्याण्ड्स
१५ नेपाल
१६ नामिबिया
१७ अमेरिका
१८ ओमान
१९ युएई

Advertisement

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top