Nepal Times
Nepal Times
3
Shares

दीपक—दीपाको १० करोडको सिनेमा हल कस्तो छ ?

दीपक—दीपाको १० करोडको सिनेमा हल कस्तो छ ?

२९ भदौ, काठमाण्डौ ।

अभिनेता तथा चलचित्र निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले आईएनआई सिनेमा हल सञ्चालनमा ल्याएका छन् । बानेश्वरस्थित एनबी सेन्टरमा आईएनआई सिनेमाको फ्रेन्चाइजअन्तर्गत सिनेमा हल सञ्चालनमा ल्याइएको हो । गिरी, निरौला र शर्माले १० करोड रुपैयाँ लागतमा सिनेमा हल निर्माण गरेका हुन् ।

कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचत्रि बनाउनु पनि तपस्या गरे सरह रहेको बताए । उनले आम दर्शकलाई चित्त बुझाउने काम भनेको एउटा तपस्वीले तपस्या गरेर बल प्राप्त गरेको सरह भएको जिकिर गरे । उनले पहिला नामका लागि काम गरेपनि पछि नामसँगै पैसा कमाउन थालिएको तर समयलाई चिन्नुपर्ने आवश्यकता औंल्याए ।

आफूहरुले गर्न नसकेको काम सिनेमा हल सञ्चालन गरेर दीपक र दीपाश्रीले कलाकारको सपना पूरा गरेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा बोल्दै अभिनेता तथा निर्माता दीपकराज गिरीले नेपाली चलचित्र उद्योगले सरकारबाट आवश्यक सुविधा नपाएको गुनासो गरे । उनले निर्माताले चलचत्रि भवनबाट प्राप्त गर्ने पैसा निर्माता र प्रदर्शकको बराबर हुनुपर्ने बताए ।

 

दीपकले आफ्नो सिनेमा हलबाट हलबाट प्रदर्शक र निर्माताले बराबर पैसा पाउने घोषणा गरे । गिरीले हलमा दुइटा अडिटोरियम हल रहेको जानकारी दिए । हललाई नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले व्यवस्थापन गरेको छ ।

दीपकराज गिरी र दीपाश्री निरौलाले चलचित्र क्षेत्रबाट कमाएको केही पैसा यही क्षेत्रमा लगानी गर्ने सोचका कारण सिनेमा हल बनेको बताएका छन् । १० करोड रुपैयाँ लगानी रहेको हलबाट ५० प्रतिशत सेयर निर्मातालाई दिने दीपकले बताए ।

चलिरहेको नेपाली सिनेमा आफूले ननिकाल्ने पनि उनले बताए । नयाँबानेश्वर–शंखमुल रोडमा निर्माण भएको सिनेमा हल महलको माथिल्लो दुई तलामाथि निर्माण गरिएको छ । दुईवटा स्क्रिन रहेको सिनेमा हलमा ३८७ सिट रहेका छन् । सिनेमा हलमा दीपकसँगै दीपाश्री निरौला, निर्मल शर्मालगायत ‘छक्का पञ्जा’ टिमको कम्पनीको लगानी रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.