डीएसपीले नटेरेको भन्दै हर्कले गृहमन्त्रीलाई पत्र लेखे

२८ भदौ ८०, शुक्रबार

२९ भदौ, विराटनगर ।
हरेक दिन सामाजिक संजालमा ब्यक्त अभिब्यक्तिका कारण चर्चा र विवादमा पर्दै आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नवराज मल्ललाई तत्काल सरुवा गरिदिन माग गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्र लेखेका छन्। मल्लले स्थानीय सरकारले भनेको नटेरेको भन्दै तत्काल सरुवा गरिदिन माग गरेका छन् ।

‘इलाका प्रहरी कार्यालय, धरानमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज मल्लले स्थानीय सरकारले भनेको नमान्ने, पत्र नपठाइ केही गर्न नमान्ने, ढुंड्डा गिट्टी तस्करलाई प्रकाउ गर्न जान नमान्ने, स्थानीय शान्ति सुरक्षामा केही नगर्ने, स्थानीय सरकारको सुरक्षा गर्न नसक्ने…,’ बुधबारको मितिमा आवश्यक कारवाही शीर्षकमा पठाइएको पत्रमा मेयर साम्पाङले भनेका छन्, ‘… सार्वजनिक जग्गा अतिक्रमण तस्करको अराजकता गतिविधि रोक्न प्रहरीको सहयोग माग्दा समयमा कहिले नआउने, ढिलो आएर पर बसेर मुकदर्शक बन्ने…’, मल्लमाथि उनले आफूलाई गाली बेइजती र आक्रमण गर्न खोज्ने मान्छेलाई प्रकाउ गरी छानबिन गर्न नमानेको आरोप पनि लगाएका छन्।

‘नगर प्रमुख स्वयमले दिएको उजुरी दर्ता नगर्ने लगायत मेरो घरमा आक्रमण गर्दैछ भनेर उपमेयरले जानकारी गराउँदा प्रहरी नपठाएर स्थानीय सरकारको आदेश पालना नगर्ने र शान्ति सुरक्षामा बिलकुल चासो नदिने भएकोले जनतासँग प्रत्यक्षरुपमा जोडिने स्थानीय सरकार के शान्ति सुरक्षा गर्न नसकी मुकदर्शक बन्ने डीएसपी मल्ललाई तुरुन्त सरुवा गरी अर्को पठाइदिनहुन अनुरोध छ।’

Advertisement

पछिल्लो समय एकपछि अर्को विवादमा पर्दै आएका मेयर साम्पाङले आफूले भनेको नटेरेपछि मल्लको सरुवामा जोड गरेका हुन्। संघीय सरकार मातहत रहने गरेको प्रहरीले आफ्नो निर्देशन नमानेको आरोप उनले लगाएका हुन्। यसअघि गत भदौ २३ गते डेंगीविरुद्ध अभियान चलाउँदै धरान–१५ पुगेका मेयर साम्पाङलाई वडावासी अशोक लिम्बुले प्रश्न गरेका थिए।

आफूलाई प्रश्न गरेकै भरमा लिम्बुलाई नगर प्रहरी लगाएर पक्राएका साम्पाङले त्यस घटनालाई जोडेर पनि मल्लको सरुवा मागेका हुन्। उक्त प्रकरणमा पक्राउ परेका लिम्बुलाई जिल्ला प्रहरी कार्यालयले मुद्दा चलाउन नपर्ने भन्दै छाडिदिएको थियो। त्यसपछि दुई दिनअघि उपमेरयर अइन्द्रविक्रम बेघाका भाइलाई घरमै आएर आक्रमण गरेको प्रकरणमा पनि मेयरले मल्लको आलोचना गरेका छन्।

घरमा आक्रमणको जानकारी दिदा समेत प्रहरी नपुगेको भन्दै उनले सोही दिन गृहमन्त्रीलाई डीएसपीको सरुवाका लागि पत्र लेख्ने बताएका थिए । उपमेयरलाई समेत डीएसपीलाई आग्रह गर्ने नभई निर्देशन दिन सुझाव दिएका थिए । तर प्रहरीले मेयर बेघाका कान्छा भाइ विष्णु बेघालाई नै हिरासतमा लिएको छ ।

‘ग्याङ फाइट’मा संलग्न रहेको आरोपमा पक्राउ परेका विष्णु यसअघि पनि विभिन्न मुद्दामा प्रहरी हिरासत र जेल नै पुगेका खुलेको छ। ग्याङ फाइटको घटनामा बेघा पक्षका ३ जना र अर्को समूहका ५ जनालाई इलाका प्रहरी कार्यालय धरानले हिरासतमा लिएको छ।

बेघाले खुकुरी हानेपछि गम्भीर घाइते सन्देश राईको बयानका आधारमा उपमेयरका भाइ पनि समातिएका हुन्। पहलिा बेघाले आक्रमण गरेपछि सन्देश समूह उपमेयरको भाइलाई खोज्दै उनको घर पुगेको थियो ।

भर्खरको समाचार

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

सम्बन्धित समाचार

Scroll to Top