Nepal Times
Nepal Times
756
Shares

विराटनगर महानगरले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने

विराटनगर महानगरले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने

२९ भदौ ,विराटनगर।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको प्रतिस्पर्धी क्षमता र गुणस्तर वृद्धि गर्ने योजनालाई प्राथमिकतामा राखेको बताएका छन् । विराटनगरस्थित गोग्राहा माविले आयोजना गरेको सम्मान, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले अध्ययन र अतिरिक्त क्रियाकलापको प्रतिस्पर्धी क्षमता वृद्धिसँगै गुणस्तरमा समेत सुधार ल्याउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनले राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी गरे पनि प्रतिफल अझै प्राप्त हुन नसकेको जिकिर गरे । उनले विद्यार्थीमा व्यवहारिक, सीपमूलक र नैतिक शिक्षाको जरुरी रहेको बताए । सामुदायिक विद्यालयहरुबीच नै गुणस्तरमा प्रतिस्पर्धा हुनुपर्ने उनको भनाइ थियो ।

पछिल्लो समय केही सामुदायिक विद्यालयको गुणस्तर वृद्धि भएकै कारण अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको बताउँदै उनले भने, “सबै सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आउनुपर्छ । अनि मात्रै हामीले उत्पादन गरेका जनशक्ति विश्वको श्रमबजारमा सहजै बिक्री हुन सक्छन् । त्यसका लागि विद्यालय तहदेखि नै सीपमूलक र व्यवहारिक शिक्षा दिनुपर्छ ।”

मेयर कोइरालाले सामुदायिक र निजी विद्यालयले प्रदान गर्ने शिक्षाको गुणस्तर समान हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा मेयर कोइरालाले विद्यालयबाट अवकाश प्राप्त गरी विदाई भएका शिक्षकहरु डिल्लीप्रसाद कोइराला, विष्णु भुजेल, श्याम गजुरेल र शंकरप्रसाद दाहाललाई सम्मान गरेका थिए । कार्यक्रममा कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.