Nepal Times
Nepal Times
540
Shares

तलब वृद्धि गर्न बेलायतले भिसा शुल्क बढायो

तलब वृद्धि गर्न बेलायतले भिसा शुल्क बढायो

३१भदौ, एजेन्सी ।
बेलायत सरकारले नेपालसहित विश्वभरबाट बेलायत जाने पर्यटक तथा विद्यार्थीका लागि भिसा शुल्क वृद्धि गरेको छ । यो वृद्धि अक्टोबर ४ बाट लागू हुने भएको छ । आगन्तुकहरूले अब छ महिना भन्दा कम अवधिको भ्रमण भिसाका लागि १५ पाउण्ड थप र विद्यार्थी भिसाका लागि १२७ पाउण्ड थप खर्च गर्नुपर्नेछ।

शुक्रबार संसदमा अध्यादेश पेस गरेपछि बेलायतको गृह कार्यालयले यो परिवर्तनको अर्थ छ महिनाभन्दा कम अवधिको भिजिट भिसाको लागत बढेर ११५ पाउण्ड हुने र विद्यार्थी भिसा आवेदकले अब ४९० पाउण्ड खर्च गर्नुपर्ने बताएको छ ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जुलाईमा देशको सार्वजनिक क्षेत्रको तलब वृद्धिलाई पूरा गर्न बेलायतले अनुदान प्राप्त राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई भिसा आवेदकहरूले तिर्ने शुल्क र स्वास्थ्य सरचार्जमा ठूलो वृद्धि गर्ने घोषणा गरेका छन्।

‘यस देशमा आउने आप्रवासीका लागि भिसाका लागि लिइने शुल्क बढाउँदैछौँ,’ सुनकले भनेका छन् । यसलाई वास्तवमा इमिग्रेसन हेल्थ सरचार्ज (क्ष्ज्क्) भनिन्छ, जुन उनीहरूले ल्ज्क् पहुँच गर्न तिर्ने एक प्रकारको शुल्क हो।“

बेलायतको गृह कार्यालयले यस हप्ता अधिकांश काम र यात्रा भिसाको लागतमा १५ प्रतिशत वृद्धि र प्राथमिकता भिसा, अध्ययन भिसा र प्रायोजन प्रमाणपत्रहरूको लागतमा कम्तिमा २० प्रतिशत वृद्धि गर्ने संकेत गरेको छ। शुल्क वृद्धि स्वास्थ्य र हेरचाह भिसा लगायत अधिकांश भिसाहरूमा लागू गरिएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.