Nepal Times
Nepal Times
684
Shares

मेसी गएपछि मियामीको पहिलो हार, खायो ५ गोल

मेसी गएपछि मियामीको पहिलो हार, खायो ५ गोल

३१ भदौ,एजेन्सी ।
अर्जेन्टिनी कप्तान लियोनल मेसी अनुबन्ध भएयता इन्टर मियामीले आइतबार पहिलो हार व्यहोरेको छ । अमेरिकी मेजर लिग सकर (एमएलएस)मा इन्टर मियामीले एट्लान्टा युनाइटेडसँग ५–२ को हार व्यहोरेको हो । यो पछिल्लो १३ खेलमा इन्टर मियामीले व्यहोरेको पहिलो हार हो । यो खेलमा मेसी भने टिममा थिएनन् ।

एट्लान्टास्थित मर्सिडिज–बेन्ज रंगशालामा एट्लान्टालाई जित दिलाउन ट्रिटान मुयुम्बा, ब्रुक्स लेनोन, जर्गोस जियाकोउमाकिस र टेलर वुल्फले समान एक गोल गरे । एट्लान्टाले एक गोल भने इन्टर मियामीका कमल मिलरबाट आत्मघाती उपहार पाएको थियो । इन्टर मियामीका लियोनार्दो क्याम्पानाले दुई गोल फर्काएका थिए ।

मेसीको आगमनयता पहिलो हार व्यहोरेको इन्टर एमएलएस इर्स्टन कन्फेरेन्सको १४औँ स्थानमा छ । मियामीले २७ खेलबाट २८ अंक जोडेको छ । तालिकाको छैटौँ स्थानमा रहेको एट्लान्टाले २९ खेलबाट ४५ अंक जोडेको छ । उता क्रिस्टियानो रोनाल्डो र साडियो मानेले लगातार चौथो खेलमा गोल गर्दा अल–नासरले साउदी प्रो लिगमा लगातार चौथो जीत हासिल गरेको छ ।

शनिबार भएको खेलमा अल नासरले एल–राइदलाई ३–१ गोलले हराएको हो । साडियो मानेले १० खेलाडीमा सीमित बनेको अल–राइदविरुद्ध पहिलो हाफको इन्जुरी समयमा अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै टालिस्काले टोलीको अग्रता दोब्बर बनाए ।

७८ औँ मिनेटमा रोनाल्डो उत्कृष्ट सोलो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । मोहमद फोउजिरले खेलको अन्त्यतिर पेनाल्टीबाट सान्त्वना गोल गरे । अल–नासरले लिगको सुरुवाती दुई खेल गुमाएको थियो । तर, त्यस यता टोलीले सबै खेल जितेको छ ।

जीतपछि अल–नासले लिगको छैटौँ स्थानमा रहेको छ । उता नेयमारको डेब्यू खेलमा अल हिलालले अल–रियादलाई ६–१ गोलले हराउँदै लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो हाफमा मैदानमा प्रवेश गरेका ब्राजिलियन खेलाडीले माल्कमका लागि गोलको अवसर सिर्जना गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.