मेसी गएपछि मियामीको पहिलो हार, खायो ५ गोल

३१ भदौ,एजेन्सी ।
अर्जेन्टिनी कप्तान लियोनल मेसी अनुबन्ध भएयता इन्टर मियामीले आइतबार पहिलो हार व्यहोरेको छ । अमेरिकी मेजर लिग सकर (एमएलएस)मा इन्टर मियामीले एट्लान्टा युनाइटेडसँग ५–२ को हार व्यहोरेको हो । यो पछिल्लो १३ खेलमा इन्टर मियामीले व्यहोरेको पहिलो हार हो । यो खेलमा मेसी भने टिममा थिएनन् ।

एट्लान्टास्थित मर्सिडिज–बेन्ज रंगशालामा एट्लान्टालाई जित दिलाउन ट्रिटान मुयुम्बा, ब्रुक्स लेनोन, जर्गोस जियाकोउमाकिस र टेलर वुल्फले समान एक गोल गरे । एट्लान्टाले एक गोल भने इन्टर मियामीका कमल मिलरबाट आत्मघाती उपहार पाएको थियो । इन्टर मियामीका लियोनार्दो क्याम्पानाले दुई गोल फर्काएका थिए ।

मेसीको आगमनयता पहिलो हार व्यहोरेको इन्टर एमएलएस इर्स्टन कन्फेरेन्सको १४औँ स्थानमा छ । मियामीले २७ खेलबाट २८ अंक जोडेको छ । तालिकाको छैटौँ स्थानमा रहेको एट्लान्टाले २९ खेलबाट ४५ अंक जोडेको छ । उता क्रिस्टियानो रोनाल्डो र साडियो मानेले लगातार चौथो खेलमा गोल गर्दा अल–नासरले साउदी प्रो लिगमा लगातार चौथो जीत हासिल गरेको छ ।

शनिबार भएको खेलमा अल नासरले एल–राइदलाई ३–१ गोलले हराएको हो । साडियो मानेले १० खेलाडीमा सीमित बनेको अल–राइदविरुद्ध पहिलो हाफको इन्जुरी समयमा अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै टालिस्काले टोलीको अग्रता दोब्बर बनाए ।

७८ औँ मिनेटमा रोनाल्डो उत्कृष्ट सोलो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । मोहमद फोउजिरले खेलको अन्त्यतिर पेनाल्टीबाट सान्त्वना गोल गरे । अल–नासरले लिगको सुरुवाती दुई खेल गुमाएको थियो । तर, त्यस यता टोलीले सबै खेल जितेको छ ।

जीतपछि अल–नासले लिगको छैटौँ स्थानमा रहेको छ । उता नेयमारको डेब्यू खेलमा अल हिलालले अल–रियादलाई ६–१ गोलले हराउँदै लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो हाफमा मैदानमा प्रवेश गरेका ब्राजिलियन खेलाडीले माल्कमका लागि गोलको अवसर सिर्जना गरेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top