×

NEPAL TIMES UPDATES

Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026
Playing
IRAN-AMERICA-ISRAEL बीचको अपडेटः १० हेडलाइन || Nepal Times
Mar 12, 2026
Playing
World News: तेलको भाउ २ सय डलर पुग्ने, इराकको तेल भण्डार बन्द || Nepal Times
Mar 12, 2026
Playing
मध्यपूर्वको यु द्ध ले नेपालीलाई पीडा, एक सिलिन्डर ग्यास पाउन महाभारत || Nepal Times
Mar 12, 2026
Playing
खेलकुदमा यु द्धको छायाः इरानले विश्वकप फुटबल नखेल्ने?|| Nepal Times
Mar 12, 2026
Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026

एसडीजी सम्मेलनमा प्रधानमन्त्रीले के भने ?

२ आश्विन २०८०

२ असोज, काठमाण्डौ ।
अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित एसडीजी शिखर सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् । विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्षको रुपमा सम्बोधन गर्दै प्रचण्डले अतिकम विकसित देशहरुका पक्षमा अन्तर्राष्ट्रिय समुदायले यसअघि गरेको प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने बताए ।

उनले एसडीजी प्रोत्साहन प्याकेजमार्फत अतिकम विकसित राष्ट्रलाई सहयोग गर्न, ऋण सङ्कटलाई सम्बोधन गर्न र समयमै समन्वित र उपयुक्त ऋण समाधान उपलब्ध गराउन पनि उनले आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले कोभिड–१९ महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनाव जस्ता विश्वव्यापी सङ्कटहरूले अतिकम विकसित देशहरुको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गर्दै यसबाट उम्कन उद्धार योजना जरुरी रहेको बताएका छन् ।

सन् २०२१ को तुलनामा सन् २०२२ मा अल्पविकसित देशहरुमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह लगभग ३० प्रतिशतले घटेको उल्लेख गर्दै उनले यसबाट पूर्वाधार, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षामा लगानीलाई ठूलो धक्का लागेको तथा बाह्य ऋणले संकटको जोखिम बढाएको औंल्याए ।

प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरुले स्वदेशी स्रोत र संस्थालाई सुदृढ र परिचालन गर्ने अधिकतम प्रयास जारी राखेको बताउँदै दिगो विकास लक्ष्य हासिल गर्न एक्लो प्रयासले मात्रै नपुग्ने बताए । उनले यसका लागि अन्तर्राष्ट्रिय समुदायको समर्थन र प्रतिबद्धता गरेको दोहा कार्ययोजनालाई स्वीकार गर्न आग्रह गरे ।

यसैबीच अमेरिकामा लुकेर बसेकी कालीकोटको तिलागुफा नगरपालिकाकी तत्कालीन उपमेयर दन्ता नेपालीले प्रचण्डसंग भेट गरेको फोटो सार्वजनिक गरेकी छिन् । एक कार्यक्रममा भाग लिन भनी ४ वर्षअघि अमेरिका गएपछि उनी उतै लुकेकी थिइन । दन्ता २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उपमेयर बनेकी थिइन् ।

यसपछि उनी एक गोष्ठीमा भाग लिन भन्दै २०७६ कात्तिक पहिलो साता अमेरिका उडेकी थिइन् । तर त्यसयता उनी सम्पर्कमा आइनन् भने सञ्चारमाध्यमले उपमेयर दन्ता अमेरिकामै लुकेर बसेको भनेर समाचार लेखेका थिए । त्यसपछि दन्ताले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै आफू बिरामी भएका कारण नेपाल फर्किन नसकेको र उपचारका लागि अझै पाँच महिना बस्नुपर्ने बताएकी थिइन् ।

तर, अहिलेसम्म उनी नेपाल फर्किएकी छैनन् । यसैबीच प्रधानमन्त्री प्रचण्डसँग न्यूयोर्क पुगेका बेला उनले भेट गरेकी हुन् । प्रचण्डसँग खिचेको तस्बिर दन्ताले सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई अमेरिकामा हार्दिक स्वागत छ ।

संयुक्त राष्ट्र संघको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गर्नु भएको छ’, क्याम्पसनमा उनले लेखेकी छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू तथा भ्रमण दलका सबै सदस्यहरूलाई भ्रमण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। अमेरिकामा हार्दिक स्वागत । अमेरिकाको बसाइ सुखद रहोस्, हार्दिक शुभकामना!’

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top