×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

रोनाल्डो सबैभन्दा धेरै कमाउने खेलाडी / मेसी र एम्बाप्पेले कति कमाए ?

२ आश्विन २०८०

२ असोज, एजेन्सी ।
पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सबै भन्दा धेरै कमाउने खेलाडी बनेका छन् । फोर्ब्सले पछिल्लो १२ महिना सर्वाधिक कमाउने शीर्ष १० खेलाडीको सूची सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक भएको उक्त सूचीअनुसार पहिलो स्थानमा क्रिस्टियानो रोनाल्डो छन् । हाल साउदी अरबको अल नासरबाट व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डोले यो अवधिमा १३६ मिलियन अमेरिकी डलर कमाएका छन् ।

यो कर र एजेन्ट फीसहितको रकम हो । उनले तलब र बोनसबापत ४६ मिलियन र प्रायोजनलगायत अन्य माध्यमबाट ९० मिलियन अमेरिकी डलर कमाएको फोर्ब्सले उल्लेख गरेको छ । रोनाल्डो यो सूचीमा सन् २०१७ पछि पहिलो पटक र समग्रमा तेस्रोपटक पहिलो स्थानमा पुगेका हुन् । कुनै पनि फुटबल खेलाडीले विगतमा एक वर्षभित्र यति धेरै रकम नकमाएको पनि उल्लेख गरिएको छ ।

Advertisement
Advertisement

विगतमा टेनिसका रोजर फेडेरर, गल्फका टाइगर उड्स र बक्सिङका कनर म्याकग्रेगरले मात्र योभन्दा बढी रकम कमाएको पनि फोर्ब्सले जनाएको छ । सामाजिक सञ्जाल, क्रिप्टोकरेन्सीलगायतका कारण मैदान बाहिर रोनाल्डोको आम्दानी, मैदानबाट हुनेभन्दा करिब दोब्बर रहेको दाबी गरिएको छ । अर्जेन्टिनाका लियोनल मेसी १३० मिलियन अमेरिकी डलरसहित दोस्रोमा छन् ।

उनले तलब र बोनसबापत ६५ मिलियन र प्रायोजनलगायत अन्य माध्यमबाट ६६ मिलियन अमेरिकी डलर कमाएको उल्लेख गरिएको छ । १२० मिलियन अमेरिकी डलरसहित अर्का फुटबलर केलियन एमबाप्पे तेस्रोमा छन् । उनले तलब र बोनसबापत १०० मिलियन र अन्य माध्यमबाट २० मिलियन अमेरिकी डलर आम्दानी गरेका हुन् ।

Advertisement
Advertisement

बास्केटबलका लेब्रोन जेम्स ११९.५ मिलियन अमेरिकी डलर कमाइसहित चौथोमा छन् । बक्सिङका कानेलो अल्भारेजले ११० मिलियन, गल्फका डस्टिन जनसनले १०७ मिलियन, फिल मिकेल्सनले १०६ मिलियन, बास्केटबलका स्टेफन केरीले १००.४ मिलियन, टेनिसका रोजर फेडेररले ९५.१ मिलियन र बास्केटबलका केभिन डुरान्टले ८९.१ मिलियन अमेरिकी डलर आम्दानी गरेको फोर्ब्सले उल्लेख गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top