Nepal Times
Nepal Times
3
Shares

प्रदेशस्तरीय निबन्धमा शिक्षादीपका एन्जल र सुगम प्रथम

प्रदेशस्तरीय निबन्धमा शिक्षादीपका एन्जल र सुगम प्रथम

३ असोज, विराटनगर । राष्ट्रिय शिक्षा दिवसका अवसरमा कोशी प्रदेश सरकारद्वारा आयोजित निबन्ध प्रतियोगितामा छात्रा र छात्र दुवै तर्फ विराटनगरको शिक्षादीप मावि प्रथम भएको छ ।

शिक्षादीपका विद्यार्थीहरु छात्रातर्फ कक्षा १२ विज्ञान समूहकी एन्जल राई र छात्रमा कक्षा ११ विज्ञान समूहकै सुगम ढकाल प्रथम भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उक्त प्रतियोगितामा छात्रामा विकेभिएम विराटनगरकी स्वीकृति अधिकारी द्वितीय र सेन्ट मेरिजकी उत्साह सिंह कार्की तृतीय भएका थिए ।

सहभागी छात्रहरुमध्ये विकेभिएमका सफल तिमल्सिना दोश्रो र अरनिको माविका अनुक्रम काफ्ले तेश्रो भए ।

विजयी प्रतियोगीहरुलाई संविधान दिवसका दिन मुख्यमन्त्री कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

कोशी प्रदेश सरकारले गत असोज १ गते ‘संविधानको कार्यान्वयनः चुनौती र समाधान’ भन्ने विषयमा प्रदेशका माध्यमिक विद्यालय (कक्षा ११ र १२) का छात्रा र छात्रहरुमा बेग्लाबेग्लै निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको थियो ।

विद्यार्थीहरु पुरस्कृत भइसकेपछि शिक्षादीप माविका प्रचार्य ज्ञानबहादुर खड्काले आफ्नो विद्यालयले कोरा पढाइलाई मात्र होइन अतिरिक्त क्रियाकलापमा पनि ध्यान पुर्याएकोले विद्यार्थीहरुले प्रतिभा प्रष्फुटनको मौका पाएको बताए ।

उक्त माविले वर्षभरिका विभिन्न दिवसहरु विद्यार्थीहरुकाबीचमा प्रतियोगीतात्मक कार्यक्रमहरु गरी मनाउने गरेको पनि प्रचार्य खड्काले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.