×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

पाकिस्तानी स्टार बलर नसिम साह विश्वकप बाहिर

५ आश्विन २०८०

५ असोज,एजेन्सी ।
अर्को महिना भारतमा हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि पाकिस्तानले आफ्नो १५ सदस्यीय टोली घोषणा गरेको छ । युवा स्टार बलर नसिम साह विश्वकप टोलीमा छुटेका छन् । साहले चोटका कारण आफ्नो सम्भावित पहिलो विश्वकप गुमाउने भएका हुन् । उनको स्थानमा हसन अलिलाई टिममा समावेश गरिएको छ ।

पछिल्लो समय पाकिस्तानका लागि साहले उत्कृष्ट प्रदर्शन गरिरहेका थिए । उनको अनुपस्थितिले टीमलाई ठूलो धक्का पुग्ने आँकलन गरिएको छ । यद्यपि, पाकिस्तानको फास्ट बलिङ अझै पनि धारिलो नै छ । सहिन साह अफ्रिदीलाई ह्यारिसले साथ दिनेछन् । यसैगरी मोहम्मद वसिम जुनियर पनि टिममा परेका छन् ।

Advertisement
Advertisement

स्पिनतर्फ सदाब खानका साथमा मोहम्मद नजाज र उस्मान मिर रहेका छन् । उनीहरु तीनै जना औसत क्षमताका स्पिनर हुन् । पाकिस्तानले आफ्नो टिममा स्थापित अनुहारहरुलाई नै स्थान दिएको छ । बाबर आजमको कप्तानीमा रहेको टिममा तीन ओपनर छन् । फकार जमान, इमाम उल हक र अब्दुल्ला सफिकमध्ये दुईजनाले ओपनिङ गर्नेछन् ।

तेस्रो नम्बरमा बाबर र चौंथो नम्बरमा मोहम्मद रिजवानको बलियो पंति छ । उनीहरुपछि भने अलिकति फितलो लाइनअप देखिन्छ । पाकिस्तानले पाचौं, छैटौं र सातौं नम्बरमा साउद सखिल, इफ्तिकार अहमद, सलमान अली आघा, सदाव खान र मोहम्मद नबाजमध्ये तीनजनालाई खेलाउने छ ।

बलरहरुमा साहिन र ह्यारिस रफ नियमित रहनेछन् । थप एक फास्ट बलरमा मोहम्मद वसिम जुनियर र हसन अलिमध्ये एकले स्थान पाउनेछन् । एक अतिरिक्त स्पिनर राख्न चाहेमा उस्मान मिरको मौका आउने छ । विकेटकिपरको भूमिका रिजवानले निभाउनेछन् ।

पाकिस्तानले प्रतियोगिताअघि न्यूजिल्यान्ड र अष्ट्रेलियासँग दुईवटा वार्मअप म्याच खेल्नेछ । पाकिस्तानको पहिलो विश्वकप खेल भने नेदरल्यान्ड्सविरुद्ध ६ अक्टोबरमा हैदरावादमा खेल्नेछ । आईसीसी एक दिवसीय विश्वकप खेल्न पाकिस्तानसहित हालसम्म वटा राष्ट्रले आफ्नो टोलीको घोषणा गरिसकेका छन्। अब श्रीलंका र बंगलादेशले मात्र टोली घोषणा गर्न बाँकी छ ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top