युक्रेनी अन्न बोकेको जहाज टर्की पुग्यो

५ असोज,एजेन्सी ।
युक्रेनी अन्न बोकेको पहिलो कार्गो जहाज बिहीवार अस्थायी मानवीय कोरिडोरको प्रयोग गरी टर्कीको बोस्फोरस स्टे«ट पुगेको छ । रेजिलियन्ट अप्रिmका नामक जहाज टर्कीको बोस्फोरस स्टे«टको ब्ल्याक सी प्रवेशद्वारमा सरियर जिल्लामा पुगेको बताइएको हो । जहाज पछि इजरायल हुँदै स्ट्रेट पार गर्नेछ ।

युक्रेनले अगस्टमा एक मानवीय करिडोर घोषणा गरेको थियो । रुसले संयुक्त राष्ट्रसँग गरेको अन्न सम्झौता फिर्ता लिएपछि अन्न ढुवानीलाई अनुमति दिइएको थियो । रुस र युक्रेनले जुलाई २०२२ मा इस्तानाबुलमा ब्ल्याक सी ग्रेन इनिसिएटिभमा अलग अलग हस्ताक्षर गरेका थिए ।

जसले युक्रेनलाई यसको कालो सागर बन्दरगाहबाट आफ्नो अन्न र अन्य कृषि उत्पादनहरु निर्यात गर्न अनुमति दिएको थियो । तर पछिल्लो समय रुस सो सम्झौताबाट पछि हटेपछि युक्रेनले नयाँ मार्गबाट अन्न निर्यात गरेको हो । खाद्यान्न ओसार्ने दुई वटा मालवाहक पानीजहाज नयाँ मार्ग प्रयोग गरेर ब्ल्याक सी हुँदै युक्रेनी बन्दरगाह चोरनोमोर्सक पुगेका थिए ।

Advertisement

युक्रेनी बन्दरगाह अधिकारीहरूका अनुसार टापु राष्ट्र पलाउको झण्डा फहराउँदै बन्दगाह पुगेका ती जहाजका चालक दलका सदस्यमा युक्रेन, टर्की, अजरबैजान र इजिप्टका नागरिक छन् । यी जहाजले इजिप्ट र इजरायलमा २० हजार टन गहुँ ढुवानी गर्नेछन् । युक्रेन सूर्यमुखी तेल, जौ, मकै र गहुँ आपूर्ति गर्ने विश्वको सबैभन्दा ठूलो देश हो ।

टर्कीएको मध्यस्थता एवं संयुक्त राष्ट्रसङ्घको समन्वयमा युक्रेन र रुसबीच ब्ल्याक सीबाट अन्न आपूर्ति गर्ने सम्झौतालाई दुई महिनाअघि रुसले एकतर्फीरूपमा समाप्त भएको घोषणा गरेपछि स्वतन्त्ररुपमा नागरिक जहाज युक्रेनी बन्दरगाहमा पुगेको यो पहिलो पटक हो ।

Advertisement

पहिले यो बाटो युक्रेनबाट प्रस्थान गर्ने जहाजहरूले मात्र प्रयोग गर्दै आएका थिए । ब्ल्याक सीको तटबाट किएभले नयाँ मार्गमा जहाज सञ्चालनलाई प्राथमिकता दिएको छ । करिब २० महिनाअघि रुसले युक्रेनमा आक्रमण गरेपछि निर्यातका निम्ति तयारी अवस्थामा राखिएको दुई करोड टन अन्न विश्व बजारमा पु¥याउन कठिन भएको थियो ।

पर्याप्त मात्रामा उक्त अनाज निर्यात नहुँदा संसारभर खाद्यान्नको मूल्य बढ्योभने मध्यपूर्वी र अफ्रिकी देशहरूमा अभाव सृजना भयो । युक्रेन युद्धबाट अफगानिस्तान, यमन, सुडान र इथियोपिया लगायतका यी केही देशमा परिचालन गरिने मानवीय सहायताका कार्यक्रम पनि प्रभावित भएका छन् ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top