उषा रजकमाथि ‘कास्टिङ काउच’, अनुप बरालमाथि आरोप

४ असोज ८०, शुक्रबार

५ असोज,काठमाण्डौ ।
अभिनेत्री उषा रजकले सामाजिक संजालबाट रङ्गकर्मी अनुप बरालमाथि गम्भिर आरोप लगाएकी छिन् । उनले फिल्म ‘कागबेनी’बाट आफूलाई हटाएर दिया मास्केलाई मुख्य पात्रमा कास्ट गरिएको दाबी गरेकी छन् । शुक्रबार फेसबुकमा स्टाटस लेख्दै उनले अभिनेता अनुप बरालको दबाबमा निर्देशक भुषण दाहालले दीयालाई कास्ट गरिएको आरोप लगाएकी हुन् ।

अनुप बरालले राम्रो रोल र स्क्रिप्ट आएमा सबै मुख्य पात्रमा दिया मास्केलाई अनुबन्धित गराउने गरेको र अहिले पनि त्यही परिपाटी कायम रहेको आरोप लगाएकी छिन् । उनले आफू एक्टर्स स्टुडियोको पहिलो ब्याचको विद्यार्थीको भएको बताउँदै गुरुबाट त्यस्तो अपेक्षा नगरिने बताउँदै कमसेकम आफूले जानेको गुरुको परिभाषा त्यस्तो नभएको उनले लेखेकी छन् । कागबेनी फिल्मका बारेमा उनले लेखेकी छन् ।

‘सन् २००६, एक्टर्स स्टुडियोको तालिम बज्र होटेलमा हुन्थ्यो । त्यहाँ भूषण दाहाल र टिम कास्टिङका लागि आएका थिए, पूजा गुरुङ, शिवानी सिंह थारु, दिया मास्के, म, आशा मग्राती थियौँ अडिसनमा । कुरा ‘कागबेनी’ नेपालको पहिलो डिजिटल फिल्मको । त्यो फिल्ममा निर्देशकको टिमबाट मुख्य पात्रमा कास्ट भएकी थिएँ रे । (यो कुरा फिल्मको दुई प्रमुख पाटोले भन्नु भएको मलाई) ।

तर रातारात म आउट र दिया मास्के इन हुनुभयो । त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएकी थिएँ ।’ ‘त्यो दिन मैले गुरुको अर्कै रूप देखेकी थिएँ, मैले जीवनको एक कालो पाटो देखेँ ।’ उनले लेखेकी छन् । उषाले यसबारे अहिले आएर किन बोलेको त भनेर पनि स्पष्ट पारेकी छिन् । उनले भनिन्, ‘त्यति बेला अलि दिनमा आँट बटुलेर अनुप सरलाई के भाको सर यस्तो भन्दा कता कता कुरा मोडेर डिनर जाने कुरा प्रस्ताव गर्नुभएको याद छ ।

१९ वर्षकी सायद मैले बुझिनँ अथवा बुझ पचाएँ र खुरुक्क गएर चुपचाप गएर कक्षामा बसेँ । १७ वर्षसम्म यो कुरा सार्वजनिक रूपमा बोलिनँ, हो म अलिकति त कातर नै हो ।’ यस्तै उनले कास्टिङ काउच सबैतिर हुने कुरा स्वीकार गर्दै मन रुचेकोलाई रोल दिन पाइयो तर एक शिक्षालय खोलेर विद्यार्थी तथा कलाकारलाई समान मौका दिनुभन्दा नेपोटिजम, फेभरोटिजम किन भनेर प्रश्न गरेकी छिन् ।

उनले एक्टर्स स्टुडियोका धेरै विद्यार्थीले यस्तो भनेको सुनेको तर बिरालोको घाँटीमा कसले घण्टी बाँध्ने भनेर कटाक्ष पनि गरेकी छिन् । यस्तै उनले यति भन्दा कसैप्रति रिस नभएको पनि स्पष्ट पारिन् । ‘अनुप सरबाट धेरै राम्रो कुरा पनि सिकेकी छु, दिया आफैँमा सक्षम अभिनेत्री हुन् र यो संसार यस्तै हो,’ उनले लेखेकी छिन् । ‘अनि मै होला ः कला अध्यात्म हो, यसलाई चोखो राख्नुपर्छ भन्ने बुद्धु । ’

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top