क्यानको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित / सचिवका लागि पारस खड्का र प्रशान्त विक्रम मल्ल मैदानमा

५ असोज ८०, शनिबार

६ असोज, काठमाण्डौ ।
नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । उनीसंगै उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का पनि निर्विरोध चयन भएका छन् । निर्वाचनका लागि उमेदवारी दर्ता समयसम्म उनीहरुबाहेक अरू कसैको उमेदवारी दर्ता नभएपछि उनीहरू निर्विरोध भएका हुन् । अध्यक्षमा चन्दको यो दोस्रो कार्यकाल हो ।

आफू निर्विरोध अध्यक्षमा दोस्रो पटक निर्वाचित भएपछि चतुरबहादुर चन्दले खुसी हुनुपर्ने कुनै कारण नभएको प्रतिक्रिया दिएका छन् । आज बिहान अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएपछि चुनौती तथा पदीय दायित्व थपिएकाले यसमा खुसी हुुनुभन्दा पनि ती काम गर्न सक्नु ठूलो कुरा हुने उनले बताएका हुन् ।

उनले भने, ‘अझै च्यालेन्जहरू थपिएको छ । खुसी हुनुपर्ने कुनै कारण छैन, पदीय जिम्मेवारी थपिएको छ।’ यसअघि चन्दको विरुद्धमा बर्दिया क्रिकेट संघका विनयराज भण्डारी उठ्ने घोषणा गरेका थिए । मनोनयन समयमा उनले प्रस्तावक र समर्थक दुबै नपाएपछि उनी पछि हटेका हुन् । त्यसैको कारण चन्द सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

Advertisement

चन्द, खड्का र सिंह एउटै प्यानलबाट लडेका थिए । खड्का यसअघि क्यानका केन्द्रिय सदस्य र वर्तमान कर्णाली प्रदेशका अध्यक्ष समेत हुन् । महिला सदस्य जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएकी छिन् । सचिव पदमा भने चन्द प्यानलबाट पारस खड्का र पूर्वकन्द्रिय सदस्य प्रशान्त विक्रम मल्ल लड्ने भएका छन् ।

दुबैले उम्मेद्धवारी दर्ता गरेका छन् । क्यानको चुनावमा कुल ८५ मत छ । प्रमुख पद जित्न ४४ मत आवश्यक पर्दछ । अव प्रमुख पदमा सचिव र सदस्यमा मात्रै निर्वाचन हुँदै छ । क्यानका लागि १७ सदस्यीय कार्यसमितीका लागि आज निर्वाचन हुँदै छ । १९ सदस्यमध्ये २ जना भने राष्ट्रिय खेलकुद परिषद् राखेपले मनोनयन गर्नेछ ।

 

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top