इण्डो–प्यासिफिक सम्मेलनमा प्रधानसेनापति

७ असोज,काठमाण्डौ ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान गर्दै छन् । ’इण्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स’मा सहभागी हुन उनी भारतको राजधानी नयाँ दिल्ली जान लागेको सेनाले जनाएको छ । १३ औं संस्करणको उक्त ’कन्फ्रेन्स’ असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिले भाग लिने भारतीय सेनाका अधिकारीहरूले बताएका छन् ।

उनीहरूका अनुसार सम्मेलनको मुख्य उद्देश्य हिन्द–प्रशान्त क्षेत्रका मुलुकबीच साझेदारी एवं सहकार्य, विचार आदानप्रदान र आपसी समझदारी विकास गर्नु हो । सम्मेलनमा आपसी हित र सुरक्षा चासोका विषयमा छलफल हुनेछ ।

आपसी समझदारी, सुरक्षासँग सम्बन्धित सबै विषयमा विचार एवं आपराधिकरआतङ्कवादी गतिविधि हुन नदिन सूचना आदानप्रदान, यस क्षेत्रमा शान्ति एवं स्थायित्व प्रवर्द्धन, आपसी समझदारी र संवादको प्रक्रियालाई निरन्तररुपमा अघि बढाउन सम्मेलन महत्वपूर्ण हुने भारतीय सेनाले जनाएको छ ।

Advertisement

सम्मेलनमा अमेरिका, फ्रान्स र बेलायतलगायत देशका प्रधान सेनापति एवं तिनका प्रतिनिधिले भाग लिने भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । प्रधानसेनापति ’इण्डो–प्यासिफिक सम्मेलनमा सहभागि हुन् भारत जाँदै गर्दा उता चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने कुनै पनि सैन्य रणनीतिक योजनामा संलग्न हुने नेपालको नीति नरहेको स्पष्ट गर्दै चिनियाँ पक्षलाई आश्वस्त पारेका छन ।

चीनको हाङचउमा शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले नेपाल असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपालले लिँदै आएको एक चीन नीतिमा दृढ रहेको बताए । एक चीन नीतिप्रतिको प्रतिबद्धतालाई नेपालले व्यवहारबाट पुष्टि गरिसकेको उनको भनाइ थियो ।

Advertisement

दाहालले सीको प्रशंसा गर्दै दूरदर्शी विश्व नेता र नेपालको असल मित्र भएको बताएका छन्  । ‘नेपाल र चीन एकले अर्कालाई बुझ्न सक्ने मित्र भएकाले एकअर्कालाई समर्थन गर्दै आएका छन । नेपाल एक चीनप्रति सधैं प्रतिबद्ध छ,’ दाहालको भनाइ थियो, ‘ताइवान र तिब्बत दुवै चीनका अभिन्न अंग हुन । आफ्नो भूमि चीनको सार्वभौमसत्ता र सुरक्षामा खलल पार्न कुनै पनि शक्तिलाई प्रयोग गर्न नदिन नेपाल दृढ र अटल छ ।’

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top