चीनमा आइफोन १५ किन्न थेगिनसक्नुको भिड

७ असोज,एजेन्सी ।
चीनमा आइफोन १५ किन्न मानिसहको भिड लागेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार गत शुक्रबारबाट चीनमा आइफोन १५ को बिक्री सुरु भएको हो । चीनले सरकारी कर्मचारीलाई काम गर्दा आइफोनको प्रयोगमा रोक लगाएको अवस्थामा पनि चिनियाँमा एप्पल प्रतिको क्रेज देखिएको समाचारमा उल्लेख छ । हुवावेको दबदबाबीच एप्पलप्रति पनि मानिस आकर्षित भइरहेका छन् ।

एप्पलको चीनभर ४५ वटा आउटलेट छन् । अधिकांश आउटलेटमा मानिसको भिड रहेको बताइएको छ । साथै अनलाइनबाट पनि आइफोन १५ को अर्डर बढ्दो रहेको छ । व्यवसायीका अनुसार आइफोन १५ बिक्री सुरु भएको दुईघण्टामा गत वर्षको आइफोज १४ को भन्दा २५३ प्रतिशत बढी माग आएको थियो ।

चीनमा आइफोन १५ प्रो को ७ हजार ९९९ युआन (१ लाख ४४ हजार बढी) र प्रो म्याक्सको १३ हजार ९९९ युआन (२ लाख २५ हजार बढी) रहेको छ । हुवावेको पनि दमदार सेटहरु बजारमा आउँदा पनि मानिसहरु एप्पलको प्रिमियम सेट रुचाइरहेको जनाइएको छ । यसअघि चीनले सरकारी कर्मचारीहरुलाई कार्यालयमा आइफोन प्रयोगमा रोक लगाएको खबर सार्वजनिक भएपछि एप्पलको सेयर मूल्य घटेको थियो ।

Advertisement

चीन एप्पलको लागि तेस्रो ठूलो बजार हो । गत वर्ष एप्पले चीनबाटमात्रै १८ प्रतिशत आफ्नो कमाइ गरेको थियो । एप्पलको उत्पादनसमेत चीनमा नै उत्पादन हुने गर्छ । एप्पलले आइफोन १५ लन्च गर्ने तयारी गरिरहेको बेला चीनको सो घोषणा आएको थियो । तर चीनको त्यस्तो घोषणाका बाबजुद त्यहाँ आइफोन १५ किन्नेको भिड थेगिनसक्नुको छ ।

चिनियाँ नागरिकको आइफोनप्रति यस्तो आकर्षण देखिदा केही समय अघि चीनमा सरकारी कर्मचारीहरुलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । यसको समाचार सार्वजनिक भएसँगै एप्पलको शेयरमा भारी गिरावट आएको थियो । एप्पलले दुई दिनमै २ खर्ब डलर गुमाउन पुगेको थियो । एप्पलका लागि चीन तेस्रो ठूलो बजार हो

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top