अमेरिकी दोहोरो चरित्रले रुस हैरान

७ असोज, एजेन्सी ।
अमेरिकाले दोहोरो चरित्र देखाउने गरेको भन्दै रुसले आपत्ति जनाएको छ । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले गोलान हाइट्स र डोनबास क्षेत्रबारे अमेरिकाले दोहोरो मापदण्ड बनाएको भन्दै निन्दा गरेका छन् । उनले रुसको सुरक्षाका लागि डोनबास धेरै नै महत्त्वपूर्ण रहेको उल्लेख गरे । युक्रेनमा भ्लोदिमिर जेलेन्स्की सत्तामा र युक्रेन नेटोमा रहेसम्म रुसमा खतरा निम्तने उनले बताए ।डोनबास कब्जामा लिनु रुसका लागि अति आवश्यक रहेको उनले जिकिर गरे ।

Advertisement

यस्तै गोलान पनि इजरायलको सुरक्षाका लागि धेरै नै महत्त्वपूर्ण रहेको बताए । सिरियामा बसार अल असद जबसम्म सत्तामा रहन्छन्, तबसम्म यो समस्या नटर्ने उनको भनाइ छ । लाभरोभले पश्चिमलाई ‘झुटको साम्राज्य’ भन्दै युक्रेन युद्धमा समर्थन जुटाउन ‘ग्लोबल साउथ’मा खेल्न खाजेको आरोप पनि लगाए ।न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको ७८औँ महासभामा शनिबार आफ्नो भाषणका क्रममा लाभरोभले बहुसंख्यक विश्वलाई पश्चिमले धोका दिइरहेको टिप्पणी गरेका हुन् ।

“संयुक्त राज्य अमेरिका र यसको अधीनस्थ सामूहिकले द्वन्द्वलाई निरन्तरता दिइरहेको छ र मानवतालाई कृत्रिम रूपमा शत्रुतापूर्ण ब्लकमा विभाजित गरेर समग्र उद्देश्यको उपलब्धिमा बाधा पु¥याइरहेको छ,” लाभरोभले भने, “उनीहरूले संसारलाई आफ्नै आत्मकेन्द्रित नियमअनुसार खेल्न÷चल्न बाध्य पार्न खोजिरहेका छन् ।” भाषणपछि पत्रकार सम्मेलनमा बोल्दै रुसी विदेशमन्त्री लाभरोभले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राखेको १० बुँदे प्रस्ताव र ब्ल्याक सीको अन्न निर्यात सम्झौता पुनर्जीवित गर्ने प्रस्तावलाई खारेज गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top