Nepal Times
Nepal Times
540
Shares

चीनमा आइफोन १५ किन्न थेगिनसक्नुको भिड

चीनमा आइफोन १५ किन्न थेगिनसक्नुको भिड

७ असोज,एजेन्सी ।
चीनमा आइफोन १५ किन्न मानिसहको भिड लागेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार गत शुक्रबारबाट चीनमा आइफोन १५ को बिक्री सुरु भएको हो । चीनले सरकारी कर्मचारीलाई काम गर्दा आइफोनको प्रयोगमा रोक लगाएको अवस्थामा पनि चिनियाँमा एप्पल प्रतिको क्रेज देखिएको समाचारमा उल्लेख छ । हुवावेको दबदबाबीच एप्पलप्रति पनि मानिस आकर्षित भइरहेका छन् ।

एप्पलको चीनभर ४५ वटा आउटलेट छन् । अधिकांश आउटलेटमा मानिसको भिड रहेको बताइएको छ । साथै अनलाइनबाट पनि आइफोन १५ को अर्डर बढ्दो रहेको छ । व्यवसायीका अनुसार आइफोन १५ बिक्री सुरु भएको दुईघण्टामा गत वर्षको आइफोज १४ को भन्दा २५३ प्रतिशत बढी माग आएको थियो ।

चीनमा आइफोन १५ प्रो को ७ हजार ९९९ युआन (१ लाख ४४ हजार बढी) र प्रो म्याक्सको १३ हजार ९९९ युआन (२ लाख २५ हजार बढी) रहेको छ । हुवावेको पनि दमदार सेटहरु बजारमा आउँदा पनि मानिसहरु एप्पलको प्रिमियम सेट रुचाइरहेको जनाइएको छ । यसअघि चीनले सरकारी कर्मचारीहरुलाई कार्यालयमा आइफोन प्रयोगमा रोक लगाएको खबर सार्वजनिक भएपछि एप्पलको सेयर मूल्य घटेको थियो ।

चीन एप्पलको लागि तेस्रो ठूलो बजार हो । गत वर्ष एप्पले चीनबाटमात्रै १८ प्रतिशत आफ्नो कमाइ गरेको थियो । एप्पलको उत्पादनसमेत चीनमा नै उत्पादन हुने गर्छ । एप्पलले आइफोन १५ लन्च गर्ने तयारी गरिरहेको बेला चीनको सो घोषणा आएको थियो । तर चीनको त्यस्तो घोषणाका बाबजुद त्यहाँ आइफोन १५ किन्नेको भिड थेगिनसक्नुको छ ।

चिनियाँ नागरिकको आइफोनप्रति यस्तो आकर्षण देखिदा केही समय अघि चीनमा सरकारी कर्मचारीहरुलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । यसको समाचार सार्वजनिक भएसँगै एप्पलको शेयरमा भारी गिरावट आएको थियो । एप्पलले दुई दिनमै २ खर्ब डलर गुमाउन पुगेको थियो । एप्पलका लागि चीन तेस्रो ठूलो बजार हो

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.