एकैछिन परेको पानीले अस्पतालसहित धनगढी जलमग्न

७ असोज ८०, सोमबार

८ असोज, काठमाण्डौ ।
नेपालमा हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण बिहान देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ ।

 

Advertisement

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

Advertisement

कोशी, बागमती र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ । यसैबीच गएराती भएको वर्षाका कारण कैलालीको सेती प्रादेशिक अस्पताल जलमग्न भएको छ ।

अस्पतालका कक्षहरुभित्रै पानी पसेपछि बिरामी तथा कुरुवाहरुलाई सास्ती भएको छ । पानी अस्पतालको प्रसूति बार्ड, अप्रेसन बार्ड लगायतमा भरिएको छ । एकैछिन परेको पानीले शहर जलमग्न भएपछि स्थानीय बासिन्दाहरू अचम्ममा परेका छन् ।

वर्षात्को पानी निकास नहुँदा क्षणभरको वर्षामै धनगढी जलमग्न हुने गरेको छ । शहरका खोलानाला अतिक्रमण हुँदा पानीको निकास रोकिएको जानकारहरू बताउँछन् । धनगढी उपमहानगरले खोलानाला अतिक्रमण हटाउने अभियान चलाए पनि त्यसले सार्थकता पाउन सकेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top