आज नेप्सेमा ५.८९ अंकको गिरावट

७ असोज ८०, सोमबार

८ असोज ,काठमाडौँ ।

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ ।आईतवार १९.४२ अंक गिरावट आएको नेप्से परिसूचक सोमवार ५.८९ अंकले घटेर २००४.४५ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.९४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ इण्डेक्स ०.७३ अंकले घटेको छ ।

सोमवार कारोबारमा आएका २८४ कम्पनीको ६५ लाख १६ हजार कित्ता शेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आईतवारको तुलनामा सोमवार कारोबार रकममा पनि गिरावट आएको छ । आईतवार २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।

Advertisement

नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने दुई उपसमूहको परिसूचक बढेको छ । जसमा जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ । त्यस्तै,लगानी उपसमूहको परिसूचक ०.९५ प्रतिशत घट्दा बाँकी अन्य उपसमूहरुको परिसूचक ०.९५ प्रतिशत भन्दा कमले गिरावट आएको छ ।

सोमवार नेप्से परिसूचकमा गिरावट आएपनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा माई खोला हाइड्रोपावर, एशियन हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

Advertisement

तर यता शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सोमवार सन नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top