रुसी १९ ड्रोन युक्रेनले झारिदियो

८ असोज,एजेन्सी ।
डेढ वर्षभन्दा बढी समयदेखि चलिरहेको रुस–युक्रेन युद्ध रोकिने कुनै संकेत देखिएको छैन । दुवै देशले एकअर्कालाई निरन्तर हमला गरिरहेका छन्, जसका कारण दुवैलाई ठूलो नोक्सान भएको छ । रुसविरुद्ध लड्न अमेरिकासहितका पश्चिमा राष्ट्रले युक्रेनलाई गर्ने सहयोगमा कुनै कमी गरेका छैनन् भने रुसले अमेरिका र पश्चिमाको प्रतिबन्धका बीच चीन र उत्तर कोरियासँगको सम्बन्धलाई थप मजबुत बनाउदै लगेको छ ।

रुस निकट रहेपनि पश्चिमासँग प्रगाढ सम्बन्ध रहेको भारतले भने पनि अप्रत्यक्ष रुपमा रुसलाई सहयोग गरिरहेको छ । पश्चिमाको प्रतिबन्धका बीच भारतले रुसबाट ठूलोमात्रामा त्यो पनि सस्तो दरमा इन्धन आयात गरिरहेको छ। पछिल्लो समय युक्रेनको वायु रक्षा प्रणालीले रुसले रातारात प्रक्षेपण गरेका १२ मध्ये ११ क्रुज मिसाइललाई रोकेको युक्रेनी वायुसेनाले सोमबार जनाएको छ।

रुसले लन्च गरेका १९ ड्रोनलाई पनि खसाल्यो । युक्रेनी वायुसेनाको तर्फबाट रुसले युक्रेनमा दुईवटा एन्टी–शिप मिसाइलले आक्रमण गरेको बताएको छ । यसैबीच, युक्रेनको वायुसेनाले सोमबार भने कि युक्रेनको वायु रक्षा प्रणालीले रुसले रातारात प्रक्षेपण गरेका १२ क्रुज मिसाइलमध्ये ११ वटालाई रोकेको छ। यसका साथै रुसले ल्याएका १९ ड्रोन पनि खसालिएको छ ।

Advertisement

युक्रेनी वायुसेनाको तर्फबाट रुसले युक्रेनमा दुईवटा एन्टी–शिप मिसाइलले आक्रमण गरेको बताएको छ । केही दिनअघि पनि रुसले युक्रेनको पश्चिमी सहर डोनेस्कमा आक्रमण गरेको थियो । पश्चिमी सहर डोनेट्स्कमा रुसी आक्रमणमा परी १३ जना घाइते भएका थिए । जसमध्ये एकलाई भग्नावशेषबाट बाहिर निकालिएको थियो।

रुसबाट लगातार आक्रमण भइरहेका बेला युक्रेनले फेरि अमेरिकासँग सहयोग मागेको छ । त्यसपछि युक्रेनलाई नयाँ सुरक्षा सहायताअन्तर्गत अमेरिकाले १२८ मिलियन अमेरिकी डलर बराबरको हतियार र उपकरण उपलब्ध गराउने घोषणा गरेको थियो ।

Advertisement

अमेरिका पछि क्यानडा पुगेका युक्रेनी राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीलाई क्यानडाले समेत युक्रेनका एफ १६ विमानमा चालकहरुलाई तालिम दिनेदेखि थप रक्षा मिसाइलहरु दिने घोषणा गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top