पाकिस्तानी खेलाडीलाई भारतले किन भिसा ढिलो दियो ?

९ असोज,एजेन्सी ।
विश्वकप खेल्न भारत आउन लागेको पाकिस्तानी क्रिकेट टोलीका खेलाडीहरुलाई भारतले ढिला गरि भिसा स्वीकृत गरेको छ । दुबई हुँदै हैदराबाद उड्ने ४८ घण्टाभन्दा कम समयअघि भारत सरकारले भिसा स्वीकृत गरेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ । यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भिसा जारी गर्न भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएको थियो ।

उसले आईसीसीलाई पत्र लेखेको केही घण्टापछि भारतले हिजो बेलुका स्वीकृति दिएको क्रिकइन्फोले जनाएको छ । टोली भोलि बिहान पाकिस्तानबाट उड्ने तालिका भए पनि हिजो बेलुकासम्म भिसा भएको थिएन । गएको जुलाईमा भएको आईसीसीको वार्षिक सम्मेलनमा आईसीसीलाई बीसीसीआईले पाकिस्तानी टोलीलाई समयमै भिसा उपलब्ध गराउने बताएको थियो ।

विश्व कपको १३औँ संस्करणको प्रतियोगितामा १० टिम सहभागी हुँदैछन् । ४६ दिनसम्म चल्ने प्रतियोगिता अक्टोबर ५ तारिखमा शुरु हुनेछ भने फाइनल खेल नोभेम्बर १९ तारिखमा हुनेछ । प्रतियोगिता भारतका विभिन्न १० वटा सहरमा रहेको स्टेडियममा हुनेछ । यसैबीच विश्वकप सुरु हुन अब एक साता मात्र बाँकी रहँदा पाकिस्तानी खेलाडीहरु पारिश्रमिक नपाएर विद्रोह गर्ने अवस्थामा पुगेको खबरहरु बाहिरिएका छन् ।

Advertisement

पाकिस्तानी मिडियाका अनुसार खेलाडी र पाकिस्तानी क्रिकेट बोर्डबिचको विवाद अहिले उत्कर्षमा रहेको छ । पिसीबी र खेलाडीबिचको सेन्ट्रल कन्ट्रयाकको विषयमा पाँच महिनादेखिको विवाद विश्वकप नजिकिएसँगै थप पेचिलो बनेको हो । विवादको मुख्य कारण खेलाडीले ४ महिनादेखि तलब पाउन सकेका छैनन् ।

खेलाडीले स्पष्ट शब्दमा पिसीबीलाई यदि विश्वकप सुरु हुनुअघिसम्म आफ्नो सम्पूर्ण पारिश्रमीक भुक्तानी नभए टिम स्पोन्सरको जर्सी नलागउने बताएका छन् । साथै उनीहरूले विश्वकपमा कुनैपनि ब्रान्डको प्रमोसन इभेन्टहरूमा सहभागी नहुने घोषणासमेत गरेका छन् । विश्वका अन्य बोर्डको जस्तै पाकिस्तानले पनि आफ्ना खेलाडीलाई ‘सेन्ट्रल कन्ट्रयाक’ मा राख्ने गरेको छ ।

Advertisement

यसमा उसले विभिन्न क्याटगोरीहरू बनाएर खेलाडीलाई पारिश्रमिक दिँदै आएको छ । ‘ए’ क्याटगोरीमा शीर्ष खेलाडीहरू रहेका छन् । अहिले कप्तान बाबर अजाम, शाहीन शाह अफ्रीदी र मोहम्मद रिजवान रहेका छन् । ए क्याटगोरीका खेलाडीलाई पिसीबीले मासिक ४५ लाख (पाकिस्तानी रुपिस, करिब २१ लाख नेपाली रुपैयाँ) दिने घोषणा गरेको छ ।

तर खेलाडीको यो तलबमा राज्यले यतिधेरै ट्याक्स लगाएको छ कि उनीहरूले केबल २७ देखि २८ लाख अर्थात् १२ देखि १३ लाख नेपाली रुपैयाँ बराबर मात्र पाउँछन् । अत्याधिक ट्याक्सका कारण खेलाडी र पिसीबीबीच यही विषयमा विगत पाँच महिनादेखि विवाद चल्दै आएको छ ।

योबीचमा दुई जना पिसीबी चिफ परिवर्तन भए तर खेलाडीले तलब पाउन सकेनन् । पहिले नजम सेठी र अहिले जका अशरफ अध्यक्ष छन् । तर अब फेरी विश्वकप सकिने साथ पाकिस्तानी क्रिकेट बोर्डको अध्यक्ष परिवर्तन हुने छन् । त्यसैले खेलाडी विश्वकपअघि यो मामिला नसुल्झिए झनै लम्बिने भन्दै विरोधमा उत्रिएका हुन् । पाकिस्तान १९९२ को विश्व विजेता हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top