१० असोज, विराटनगर । नेपाली युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरले स्थापनाको २० औं वार्षिकोत्सव मनाएको छ ।
युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्द्धनमा दुई दशक समर्पित मञ्चले उद्यमीलाई सशक्तिकरण गर्न, महत्वाकांक्षी उद्यमीहरूलाई फस्टाउन र सफल हुन प्लेटफर्म प्रदान गर्दै आएको छ ।
मञ्चले निरन्तर रूपमा देशभरका युवा उद्यमीहरूको उद्यमशील परिदृश्यलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको विराटनगर च्याप्टरका अध्यक्ष रंजित भगतले बताएका छन् ।
देशभर संजाल रहेको मञ्चले अहिलेसम्मको यात्रामा युवा सशक्तिकरण, नीति एड्भोकेसी, मेन्टरसीप कार्यक्रम, च्याप्टर विस्तार, उद्धमशीलाता शिक्षा, मेड इन नेपाल अभियान सञ्चालन गरिसकेको भगतले बताएका छन् ।
राष्ट्र निर्माणको मेरुदण्डका रुपमा रहेका युवाहरुको चौतर्फी विकासको उद्धेश्य राखी स्थापना भएको विराटनगर च्याप्टरले उद्यमशीलता विकास, रोजगारी सृजनामा महत्वपूर्ण भूमिका खेलेको भगतले बताएका छन् ।
२००३ मा उद्यमी गौरव अग्रवालको अध्यक्षतामा ५ युवाले मञ्चको सुरुवात गरेका थिए ।
मञ्चले तेस्रो दशकमा प्रवेश गर्दै गर्दा, नवप्रवर्तन र उद्यमशीलताको उज्ज्वल भविष्यको परिकल्पना गर्दै नेपालभरका युवा उद्यमीहरूलाई प्रेरित गर्ने, शिक्षित गर्ने र समर्थन गर्ने आफ्नो मिशनमा अडिग रहने बताएको छ ।