Nepal Times
Nepal Times
117
Shares

७ वर्षपछि पाकिस्तानी खेलाडीले टेके भारतीय भूमि

७ वर्षपछि पाकिस्तानी खेलाडीले टेके भारतीय भूमि

११ असोज, एजेन्सी ।
एक सातापछि सुरु हुने एकदिवसीय विश्वकप खेल्न पाकिस्तानको क्रिकेट टोली भारत पुगेको छ । बुधबार साँझ टोली भारतको हैदराबाद पुगेको हो । पाकिस्तान क्रिकेट टोली लाहोरबाट दुबई हुँदै हैदराबाद पुगेको हो । यसअघि सोमवार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भिसा जारी गर्न भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएको थियो । उसले आईसीसीलाई पत्र लेखेको केही घण्टापछि भारतले भिसा स्वीकृत गरेको थियो ।

पाकिस्तान सन् २०१६ को टी–२० विश्वकपपछि पहिलो पटक भारत आएको हो । दुई देशबीचको आन्तरिक राजनीतिको कारण उनीहरुले एक÷अर्को देशको भ्रमण गर्दैनन् । त्यसै कारण यी दुई देशबीच सन् २०१३ पछि कुनै पनि शृङ्खला भएको छैन । विश्वकप र एसिया कपमा मात्रै भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै आएको छ । भारत यसअघि सम्पन्न एसिया कप खेल्न पाकिस्तान गएको थिएन ।

त्यसैले एसिया कप पाकिस्तान र श्रीलङ्कामा भएको थियो । पाकिस्तान उपाधिको दाबेदार टोली हो । विश्वकप अघि दुई वार्मअप खेल खेल्नेछ । शुक्रबार न्युजिल्यान्डसँग हैदराबादमा हुने वार्मअप खेलमा दर्शक प्रवेश निषेध गरिएको छ । सुरक्षाको कारण दर्शकलाई निषेध गरिएको हो । मंगलबार पाकिस्तानले वार्मअप खेल हैदराबादमा अष्ट्रेलियासँग खेल्नेछ ।

पाकिस्तानले विश्वकप भने हैदराबादमै ६ अक्टोबरमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ । भारत र पाकिस्तानबीचको खेल भने १४ अक्टोबरमा अहमदाबादमा हुनेछ । त्यसअघि १० अक्टोबरमा श्रीलंकासँग हैदराबादमै खेल्ने कार्यक्रम छ । पाकिस्तान एसिया कपमा सुपर फोरबाट नै पराजित भएको थियो ।

सुपर फोरमा भारतसँग २ सय २८ र श्रीलंकासँग २ विकेटले पराजित भएको थियो । विश्वका नम्बर वान ओडिआई वरियता ब्याटर बाबर आजम र विकेटकिपर मोहम्मद रिजवानको प्रदर्शन महत्वपूर्ण हुनेछ । बलिङ भने पाकिस्तानको उत्कृष्ट छ ।

शाहिन शाह अफ्रिदी, हरिस रौफ र मोहम्मद वासिम जुनियर तीव्र गतिको बलिङ आक्रामण सम्हाल्नेछन् । प्रमुख बलर नसिम शाह भने चोटका कारण विश्वकपमा हुने छैनन् । १० टोली सहभागी विश्वकप राउन्ड रोविन लिगको आधारमा हुनेछ । शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् । विश्वकप अक्टोबर ५ देखी नोभेम्बर १९ सम्म हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.