माल्दिभ्सका लागि भारत र चीन आमनेसामने

११ असोज, एजेन्सी ।
आउँदो ३० सेप्टेम्बरमा माल्दिभ्समा राष्ट्रपतीय निर्वाचन हुँदैछ । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह र प्रतिपक्षका उम्मेद्वार मोहम्मद मोइजु चुनावी मैदानमा छन् । माल्दिभ्समा यो चुनावको चटारो बढिरहँदा दुई छिमेकीहरु चीन र भारत यसमा आमनेसामने भएका छन् । किनभने राष्ट्रपतिका यी दुई उम्मेदवारमध्ये माल्दिभियन डेमोक्रेटिक पार्टीका सोलिह भारतको पक्षमा छन् भने मोइजु चीनको पक्षमा खुलेका छन्।

माल्दिभ्समा भारतको प्रभाव लामो समयदेखि नै छ । त्यहाँ बसेर उसले हिन्द महासागरका गतिविधिमा निगरानी राख्छ । यता जल सेना विस्तारमा आक्रामक रहेको चीन पनि माल्दिभ्ससँग रणनीतिक साझेदारीमा सहकार्यमा भारतलाई निषेध गर्दै अघि बढ्न चाहन्छ । गल्फ राष्ट्रबाट आफ्नो मुलुकमा आउने इन्धनको सुरक्षाका लागि माल्दिभ्समा आफ्नो बलियो उपस्थिति जनाउने पक्षमा चीन छ ।

माल्दिभ्सलाई आफ्नो पकडमा राख्ने प्रयत्न स्वरुप दुवै मुलुकले अर्बौं रूपैयाँ त्यहाँका परियोजना बनाउनका लागि ऋण स्वरुप दिएका छन् । त्यसैले चुनाव माल्दिभ्समा भए पनि प्रतिस्पर्धा भारत र चीनको हो । र यस निर्वाचनमा चीनले बाजी मार्ने संभावना प्रबल रहेको छ । सर्वेक्षणहरुले पनि चीनलाई समर्थन गर्ने उम्मेदवारको अग्रता देखाएका छन् ।

Advertisement

भारतको पक्षमा खुल्ने वर्तमान राष्ट्रपति सोलिहले ३९ प्रतिशत मात्रै मत सर्वेक्षणमा पाएका छन् । सोलिह भारतप्रति निकै नतमस्तक रहेर चीनलाई पूर्ण निषेध गर्न खोजेको आरोप खेपिरहेछन् । यस आरोपको खण्डन गर्दै उनले भनेका छन– ‘कसैलाई पनि निषेध गर्ने पक्षमा म छैन । एउटालाई रिझाएर अर्कोलाई चिढ्याउन हुँदैन र बराबरीको सम्बन्ध राख्नुपर्छ भन्नेमा म सचेत छु।’

भारतले माल्दिभ्सलाई उपहारस्वरुप दुई थान हेलिकप्टर र सानो हवाईजहाज दिएदेखि नै त्यहाँ भारतप्रतिको धारणा जनमानसमा नकारात्मक छ । भारतले माल्दिभ्सलाई उद्धार तथा राहत कार्यमा सहजताका लागि हवाई साधन दिएको बताएको छ । यता माल्दिभ्सको रक्षा फौजका अनुसार त्यस साधनको मर्मतको बहानामा ७५ भारतीय सुरक्षा अधिकारी त्यहाँ अड्डा जमाएर बसेका थिए ।

Advertisement

प्रतिपक्षी दलले भारतीय सैनिकको उपस्थिति विरोधी अभियान सञ्चालन गरेसँगै ७५ सुरक्षा अधिकारीले माल्दिभ्स छोडेका थिए । भारतीय सुरक्षा अधिकारीको उपस्थितिले राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको भन्दै तीव्र विरोध भएको थियो । सोलिहका लागि यही कारण चुनावमा झट्का लाग्ने देखिन्छ । सन् २०१३ देखि २०१८ सम्म माल्दिभ्समा अब्दुला यमन राष्ट्रपति थिए ।

चीन निकट रहेका उनले राष्ट्रपति सी जिनपिङले अघि सारेको बीआरआईमा सहभागिताका लागि हस्ताक्षर गरेका थिए । पश्चिमा र भारतीय प्रशासनले यमनलाई ऋण दिन अस्वीकार गर्दा चीनले उनलाई विना शर्त ऋण दिएको थियो । कुनै पनि निर्वाचन लड्न नपाउने गरी उनी अहिले ११ वर्षका लागि भ्रष्टाचार मुद्दामा जेल जीवन बिताइरहेका छन्।

यमनको सम्बन्ध भारतसँग नराम्रो रहेकै कारण प्रतिपक्षीले चीनको साथ खोजेको हो । चीनले माल्दिभ्सलाई गरेको ठूलो सहयोग भनेको उसले मालेमा २ अर्ब डलर बराबरको २ किलोमिटर लामो पुल बनाउन सहयोग गरेको थियो । अन्तर्राष्ट्रिय विमानस्थल र राजधानी जोड्ने त्यो पुल सिग्नेचर पुल पनि हो । यो सहयोगमा मेल खाने गरी भारतले पनि प्रस्ताव नगरेको भने होइन ।

तर दिल्लीको नियत सीधै बुट बजार्ने रहेकाले माल्दिभ्सले त्यसलाई नकार्दै आएको जानकारहरु बताउँछन् । तर भारतको विरोध गर्दा त्यहाँ महँगी बढ्नेमा जनता उत्तिकै चिन्तित पनि छन् । अबको केही दिनभित्रै आउने परिणामले एशियाली शक्तिमध्ये एकको विजयको घोषणाले माल्दिभ्समा त्यसको प्रभुत्वको विस्तार हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top