Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा ओपन हाउस, खानाका पारखीलाई अफरैअफर (फोटोसहित)

विराटनगरमा ओपन हाउस, खानाका पारखीलाई अफरैअफर (फोटोसहित)

११ असोज, विराटनगर । पारिवारिक, खुल्ला र रमणीय वातावरणमा रमाउँदै सबै किसिमका खानाका साथै पेयपदार्थहरुको आनन्द लिन चाहने पारखीहरुका लागि विराटनगरमा ओपन हाउस लाउन्ज एण्ड बार खुलेको छ ।

पछिल्लो समय रेष्टुरेन्टहरुका लागि हब नै बन्दै आएको विराटनगर महानगरपालिका–४ पीपल चौकमा रहेको ओपन हाउस लाउन्ज एण्ड बारको उद्घाटन शुक्रबार हुँदैछ ।

आर्थिक मन्दी जहिले नरहने र सबै युुवाहरु विदेश पलायन भइरहेको समयमा युवाहरुलाई देशमै केही गर्न सकिन्छ भन्ने संभावना देखाउन र स्थानीय व्यापारलाई प्रवद्र्धन गर्न विराटनगरमा यो व्यवसाय सुरु गरेको रेस्टुरेन्टकी सञ्चालक श्रुति शर्माले नेपाल टाइम्सलाई बताइन् ।

शिक्षाको क्षेत्रमा लागेर काम गरिरहेकी शर्माले आजको समयमा एउटा व्यापार व्यवसाय, पेशामा मात्र लागेर जिविका चलाउन नसकिने भन्दै यो व्यवसायमा आफ्नो रुचि रहेकाले सुरु गरेको बताएकी छिन् ।

यस रेस्टुरेन्टमा थकाली खानादेखि लिएर इन्डियन, चाईनिज र विभिन्न महादेशीय खानाका परिकारहरुका साथै बारको पनि व्यवस्था गरिएकाले सबै किसिमका खाना र पेय पदार्थका पारखीहरुका लागि एकै छाना मुनि सबै पाइने उनले जानकारी दिइन् । पहिले काठमाडौँमा फ्लेम्स् रेस्ट्रो क्याफेको रुपमा सुरु गरेको व्यापारलाई टिमसहित विराटनगरमा सारिएको उनले बताइन् ।

रेस्टुरेन्टले करिब १५/१६ जनालाई रोजगारी पनि दिने उनले बताइन् । रेस्टुरेन्ट हरेक दिन दिउँसो १२ बजेबाट बेलुका १० बजेसम्म खुला रहनेछ । साथै यहाँ अनलाइन अडर र डेलिभरीको पनि व्यवस्था गरिएकोले घरमा बसीबसी खाना अर्डर गर्न सकिनेछ ।

यस्तै बुधबार ‘वेडनस्डे वुमेन नाइट्स’ मा महिलाहरुका लागि विभिन्न अफर, शुक्रबार ‘फ्राइडे नाइट्स’मा संगीतिक कार्यक्रमको पनि आनन्द लिन सकिनेछ ।

उद्घाटनको दिन विशेष अफर राखिएको बताउँदै उनले उद्धघाटनको एक हप्तासम्मका लागि सबै खानाका परिकारमा १० प्रतिशत छुटको व्यवस्था गरिएको बताइन् ।

रेस्टुरेन्टमा हरियाली वातावरणलाई त्यहाँको अग्र्यानिक देखिने लाईटिङ् सिस्टम, टेबुल कुर्सीहरुले अझै सुन्दरता थपेको छ । रेस्टुरेन्ट करिब एक करोड रुपैयाँको लगानीमा संचालनमा आउन लागेको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.