असोज २१ देखि बेलका मिनि गोल्ड कप, आठ टिमको सहभागिता

११ असोज ८०, शुक्रबार

११ असोज विराटनगर । यहीँ असोज २१ देखि २८ गतेसम्म प्रथम आमन्त्रित बेलका मिनि गोल्ड कप फुटबल प्रतियोगिता २०८० हुने भएको छ ।

“लागु औषध विरुद्धको बोल, खेलाडी उत्पादनमा जोड” भन्ने मुख्य नाराका साथ जलकन्या साँस्कृतिक युवा समुहको आयोजना र सुनाखरी युवा क्लब तथा राइडर्स रेन्ज एफसी बेलका–४ लालबजारको सह–आयोजनामा उक्त प्रतियोगिता हुन लागेको बुधबार एक पत्रकार सम्मेलन आयोजना गरी आयोजक समितिका संयोजक देविन मगरले जानकारी दिए ।

प्रतियोगितालाई मुख्य प्रायोजक बेलका नगरपालिका रामपुर, उदयपुरले गरिरहेको छ भने युवा तथा खेलकुद विकास समिति, बेलका, उदयपुरले समन्वय गरिरहेको छ । प्रतियोगिताको उद्धघाटन नगर प्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यतामा हुने भएको छ ।

Advertisement

प्रतियोगितामा कुल आठ टिमले सहभागिता जनाउँदैछन् । सहभागी टिमहरुमा कोशी प्रदेश प्रहरी, विराटनगर, पुर्वाञ्चल एपीएफ पकली, तालतलैया फुटबल क्लब, सुनसरी, सप्तकोशी फुटबल क्लब, सुनसरी, बेलटार एकता युवा क्लब, उदयपुर, गाईघाट युनाईटेड क्लब, उदयपुर, ब्रोदरहुउ फुटबल क्लब, बेलका र आयोजक जलकन्या साँस्कृतिक युवा समुह, उदयपुर रहेका छन् ।

Advertisement

सबै खेलहरु जहदा लालबजार खेल मैदानमा हुनेछन् । उद्धघाटन खेल एपीएफ पूर्वाञ्चल र तालतलैया एफसीबीच दिउँसो दुई बजे हुनेछ ।

त्यस्तै असोज २२ गते सप्तकोशी एफसी र बेलटार युनाइटेडबीच दिउँसो ३.३० बजे खेल हुनेछ । असोज २३ गते गाईघाट युनाइटेड र आयोजक टोली जलकन्या साँस्कृतिक युवा समुहबीच खेल हुँदा २४ गते कोशी प्रदेश र ब्रोदरहुड एफसीबीच खेल दिउँसो ३.३० बजे हुनेछ ।

यी चार खेलहरुबाट विजयी हुने चार टोलीहरु सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेलहरु असोज २५ र २६ गते हुनेछन् । फाइनल खेल भने असोज २८ गते दिउँसो २ बजे हुनेछ ।

प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले क्रमश नगद रु. ५० हजार, रु. ३० हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै उत्कृष्ट विधामा पनि खेलाडीहरुलाई नगद र ट्रफीको व्यवस्था गरिएको छ ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top