Nepal Times
Nepal Times
225
Shares

असोज २१ देखि बेलका मिनि गोल्ड कप, आठ टिमको सहभागिता

असोज २१ देखि बेलका मिनि गोल्ड कप, आठ टिमको सहभागिता

११ असोज विराटनगर । यहीँ असोज २१ देखि २८ गतेसम्म प्रथम आमन्त्रित बेलका मिनि गोल्ड कप फुटबल प्रतियोगिता २०८० हुने भएको छ ।

“लागु औषध विरुद्धको बोल, खेलाडी उत्पादनमा जोड” भन्ने मुख्य नाराका साथ जलकन्या साँस्कृतिक युवा समुहको आयोजना र सुनाखरी युवा क्लब तथा राइडर्स रेन्ज एफसी बेलका–४ लालबजारको सह–आयोजनामा उक्त प्रतियोगिता हुन लागेको बुधबार एक पत्रकार सम्मेलन आयोजना गरी आयोजक समितिका संयोजक देविन मगरले जानकारी दिए ।

प्रतियोगितालाई मुख्य प्रायोजक बेलका नगरपालिका रामपुर, उदयपुरले गरिरहेको छ भने युवा तथा खेलकुद विकास समिति, बेलका, उदयपुरले समन्वय गरिरहेको छ । प्रतियोगिताको उद्धघाटन नगर प्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यतामा हुने भएको छ ।

प्रतियोगितामा कुल आठ टिमले सहभागिता जनाउँदैछन् । सहभागी टिमहरुमा कोशी प्रदेश प्रहरी, विराटनगर, पुर्वाञ्चल एपीएफ पकली, तालतलैया फुटबल क्लब, सुनसरी, सप्तकोशी फुटबल क्लब, सुनसरी, बेलटार एकता युवा क्लब, उदयपुर, गाईघाट युनाईटेड क्लब, उदयपुर, ब्रोदरहुउ फुटबल क्लब, बेलका र आयोजक जलकन्या साँस्कृतिक युवा समुह, उदयपुर रहेका छन् ।

सबै खेलहरु जहदा लालबजार खेल मैदानमा हुनेछन् । उद्धघाटन खेल एपीएफ पूर्वाञ्चल र तालतलैया एफसीबीच दिउँसो दुई बजे हुनेछ ।

त्यस्तै असोज २२ गते सप्तकोशी एफसी र बेलटार युनाइटेडबीच दिउँसो ३.३० बजे खेल हुनेछ । असोज २३ गते गाईघाट युनाइटेड र आयोजक टोली जलकन्या साँस्कृतिक युवा समुहबीच खेल हुँदा २४ गते कोशी प्रदेश र ब्रोदरहुड एफसीबीच खेल दिउँसो ३.३० बजे हुनेछ ।

यी चार खेलहरुबाट विजयी हुने चार टोलीहरु सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेलहरु असोज २५ र २६ गते हुनेछन् । फाइनल खेल भने असोज २८ गते दिउँसो २ बजे हुनेछ ।

प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले क्रमश नगद रु. ५० हजार, रु. ३० हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै उत्कृष्ट विधामा पनि खेलाडीहरुलाई नगद र ट्रफीको व्यवस्था गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.