प्रतितोला १३ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

१५ असोज ८०, मंगलबार

१६ असोज, काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ।गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो।मंगलबार प्रतितोला चार सय रुपैयाँ, बुधबार प्रतितोला आठ सय रुपैयाँ, बिहीबार प्रतितोला एक हजार चार सय रुपैयाँ, शुक्रबार प्रतितोला आठ सय रुपैयाँ, आइतबार प्रतितोला आठ सय रुपैयाँ, सोमबार प्रतितोला एक सय रुपैयाँ र मंगलबार प्रतितोला एक हजार तीन सय रुपैयाँ गरी सात दिनमा सुनको भाउ प्रतितोला पाँच हजार छ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।सोमबार छापावाल सुन प्रतितोला एक लाख सात हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।सोमबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top