काठमाडौंदेखि दिल्लीसम्म भूकम्पले हल्लियो /बझाङमा भौतिक संचरचनमा ठूलो क्षति

१५ असोज ८०, मंगलबार

१६ असोज, काठमाण्डौ ।
बझाङमा भूकम्पको ठूलै धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दुआसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ ।

बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको जानकारी आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ । यसअघि मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङकै तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । पटक–पटक परकम्प गइरहेको हुनाले अहिले स्थानीय बासिन्दा घरबाहिर खुला चौरमा बसिरहेका छन् ।

भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा समेत महसुस भएको छ । धनगढीसम्म भूकम्पको धक्का महसुस भएको छ । त्यस्तै कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही भागमा समेत धक्का महसुस भएको छ । भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । भूकम्पले भौतिक संरचनामा ठूलो क्षति भएको छ ।

Advertisement

बझाङको तलकोट गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुमारी भण्डारीले भौतिक संरचनामा ठूलो क्षति भएको बताएकी छन् । उनले भनेकी छन्, ‘मानवीय क्षतिको विवरण आइसकेको छैन । कतिपय वडा कार्यालय, विद्यालयका भवनहरु ध्वस्त भएको अवस्था छ ।’ भूकम्पले बाटोहरुमा पहिरो आएको उनको भनाइ छ ।

‘पहिरो आएर बाटो बन्द भएको छ । भूकम्पले कति क्षति भयो भन्ने पूर्णविवरण आउन बाँकी छ । बझाङमा गएको भूकम्पको धक्का नयाँ दिल्लीसम्म पुगेको छ । दिल्लीसहित त्यस वरपर भूकम्पको झड्का महसुस भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

Advertisement

समाचारअनुसार भूकम्पको झड्काका कारण नयाँ दिल्लीमा धेरैबेर हल्लाएको थियो । भारतीय नेशनल सेन्टर फर सिस्मोलोजीले पनि नेपालमा ६.२ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । यता काठमाडौंमा पनि भूकम्पको धक्का महशुस भएको छ । आज दिउँसो ३ः७ बजेतिर कम्पन महशुस भएको हो । भूकम्पको केन्द्रबिन्दुबारे यकिन भएको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top