अमेजनको पानी तातिएपछि डल्फिनको विनाश

१६ असोज, एजेन्सी ।
विश्वकै अक्सिजनको घर भनेर चिनिने अमेजन वर्षा वनमा एकसातामा एक सयभन्दा बढी डल्फिन मरेका छन् । विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन् । ब्राजिलको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको अनुसन्धान समूह द मामिराउआ इन्स्टिच्युटले टेफे ताल वरपरको क्षेत्रमा सोमबार थप दुईवटा मृत डल्फिन फेला परेको जनाएको छ ।

उक्त ताल यस क्षेत्रका जलचर स्तनधारी र माछाहरूका लागि प्रमुख क्षेत्र हो ।उक्त संस्थाले उपलब्ध गराएको भिडियोमा गिद्धहरूले मृत डल्फिनलाई टिपेको देखाइएको छ । स्थानीय सञ्चारमाध्यमअनुसार हजारौँ माछा पनि मरेका छन् । त्यस क्षेत्रका तालहरूमा पानीको तापक्रम उच्च रहेका कारण डल्फिन र माछाहरू मरेको हुनसक्ने विज्ञहरूले विश्वास गरेका छन् ।

टेफे ताल क्षेत्रम गत सातायता तापक्रम बढेर ३९ डिग्री सेल्सियससम्म पुगेको छ । गत साता ब्राजिल सरकारको चिको मेन्डेस जैविक विविधता संरक्षण संस्थाले मृत डल्फिनको अनुसन्धान गर्न पशु चिकित्सक र जलचर स्तनधारी विज्ञहरूको टोली पठाएको थियो । टेफे तालमा करिब एक हजार चार सय डल्फिन रहेको मामिराउआ इन्स्टिच्युटका मिरियम मार्मोन्टेलले बताए ।

Advertisement

‘एक हप्तामा करिब एक सय २० जीवजन्तु गुमाइसकेका छौँ जसले कूल सङ्ख्याको पाँचदेखि १० प्रतिशत हिस्सा प्रतिनिधित्व गर्छ,’ उनले भने । सुक्खा खोलाहरूबाट खोला किनारका प्रभावित समुदायहरूले गत सातादेखि डल्फिनका शवहरू फेला पारेका छन् ।

खडेरीका कारण अमेजनका गभर्नर विल्सन लिमाले शुक्रबार सङ्कटकाल घोषणा गरेका थिए । करिब ६० हजार जनसङ्ख्या रहेको टेफे सहरका मेयर निक्सन मारिराले खोलाहरू सुकेका कारण केही पृथक समुदायलाई खाद्यान्न सिधै पु¥याउन नसकेको बताएका छन ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top