NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Melbet промокод 2025: BCVIP Мелбет бонус: 520$ मङ्लबार माघ ६ , २०८२
Мелбет ЦУПИС: веб-журнал, авиамагистраль, коэффициенты, платежи मङ्लबार माघ ६ , २०८२
Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet मङ्लबार माघ ६ , २०८२
Мелбет официальный сайт скачать мобильную: сплошной веб-обозрение 2025 возраста मङ्लबार माघ ६ , २०८२
Мелбет офіційний сайт букмекерської контори огляд БК Melbet, ставки на спорт, бонуси मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

रिगल माफी सर्वाेच्चमा,राष्ट्रपतिमाथि प्रश्नैप्रश्न,आजदेखि अनसन

मङ्लबार अशोज १६ , २०८०
Reading Time: 1 min read
A A
रिगल माफी सर्वाेच्चमा,राष्ट्रपतिमाथि प्रश्नैप्रश्न,आजदेखि अनसन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१६ असोज, काठमाण्डौ ।
संविधान दिवसका दिन मन्त्रीपरिषद्को निर्णयमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका रिगल भनिने योगराज ढकालले खुँडा प्रहार गरि हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले बुधबारदेखि काठमाडौंको माइतीघरमा रिले अनसन सुरु गर्ने घोषणा गरेकी छिन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आफूजस्तै आम पीडितको न्यायका लागि आममाफीका विरुद्ध रिले अनशन बस्न लागेको बताइन् ।

ठूला भनिने नेताहरुले नै गुण्डा पालेका कारण पीडकले उन्मुक्ति पाएर पीडित झनै पीडित बन्नुपर्ने अवस्था आएको उनको गुनासो छ । रिगलको पक्षबाट पहिला पनि उक्त घटनालाई दबाउनका लागि धेरै फोन आएको, पैसाको प्रलोभन देखाएको र धाकधम्की दिएको उनको भनाई छ । चेतनको न्यायको लागि आफू कुनै धाक, धम्की र प्रलोभनमा नपरी निरन्तर लडिरहने उनको भनाई छ ।

घटनाको आठ वर्ष भइसक्दा पनि अझै उक्त घटनाबाट बाहिर निस्कन नसकेको अवस्थामा आममाफीले झनै पीडा दिएको उनले बताइन् । उक्त घटनादेखि डिप्रेसनको औषधी खाँदै आएकोमा आममाफीले झनै पीडा दिएको उनको भनाई छ । “घटना भएको आज आठ वर्ष भयो । तर, आजसम्म म त्यसको पीडाबाट बाहिर निस्कन सकिरहेको छैन ।

डिप्रेसनको औषधी अझै पनि चलिरहेको छ,” उनले भनिन्, “मनदेखि नै म उहाँलाई निकाल्न सक्दिनँ भने म त्यो घटना कसरी बिर्सन सक्छु ?’” चेतनको हत्यारा कारागारमा छ भन्दा पनि आफूलाई विगतमा केही राहत महसुस भएको उनको भनाई छ । राष्ट्रपतिले आममाफी दिएर पुरानो घटनाको पीडा फेरि दोहो¥याइदिएको उनको आरोप छ ।

“जो मान्छेले मेरो जीवन तहसनहस बनायो, त्यो मान्छे कारागारभित्र छ भन्ने थियो । तर, अहिले राष्ट्रपतिले यो पीडा दोहा¥याइदिनुभयो । जुन म पहिला पीडामा थिएँ, फेरि दोहो¥याइदिनुभयो । पहिलाको दृश्य मेरो आँखामा झलझली भइरहेको छ,” उनले भनिन् ।

हत्यारा छुट्नुले देशमा कानुन नभएको महसुुस भइरहेको उनले बताइन् । केही समय वातावरण शान्त बनाएर पीडकलाई राज्यले फूलमालासहित स्वागत गरेर निकालेको भन्दै उनले आपत्ति जनाइन् । उनले राष्ट्रपतिलाई ‘आममाफी भनेको के हो ? तपाईँलाई त्यो अधिकार कसले दियो ?’ भन्दै प्रश्न समेत गरिन् ।

“राष्ट्रपतिलाई म सोध्न चाहन्छु– आममाफी भनेको के हो ? जसरीे त्यत्रो महिना संघर्ष गरेर हामीले उसलाई कारागार पु¥याएको हो, त्यसैगरी आममाफी दिने वा नदिने हामीलाई अधिकार हुनुपर्ने हो । आममाफीको जवाफ मलाई चाहियो,” उनको प्रश्न थियो उनले आममाफीका विषयमा राष्ट्रपतिलाई प्रश्नैप्रश्न गरिन् ।

यो घटना तपाईँको छोरी चेलीलाई परेको भए न्याय माग्नका लागि यसरी नै मिडियामा आएर रुने गराउनुहुन्थ्यो भनेर उनले राष्ट्रपतिमाथि प्रश्न गरिन् । “यदि मेरो ठाउँमा उहाँ (राष्ट्रपति) को छोरी चेलिबेटी हुनुहुन्थ्यो भने उहाँले के गर्नुहुन्थ्यो ?” प्रश्न गर्दै उनले भनिन्, “मिडियामा आएर रोएर, कराएर अधिकारको लागि लड्नुपर्ने मेरोजस्तै गराउनुहुन्थ्यो होला त ? यस्तै दिन देखाउनुहुन्थ्यो होला त आफ्ना छोरी चेलीलाई ? जस्तो आज मलाई यो दिन देखाउनुभयो ।

न्यायका लागि गुहार मान्छे बनाउनुहुन्थ्यो होला त ?” हत्या अभियोगमा जन्मकैदको सजाय पाएको रिगलको आममाफीको घट्नाले आफूले फेरि मरेको महसुस गरेको उनको भनाई छ । रिगलको विरुद्धमा कसैले पनि बोल्ने आँट नगरेको भन्दै उनले आपत्ति जनाइन् । यसै विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आज प्रतिनिधि सभामा सरकार र राष्ट्रपतिमाथि प्रश्न गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा सम्बोधनका क्रममा उनले सरकारको कडा आलोचना गरेका हुन् । उनले नेपालगञ्जका चेतन मानन्धरलाई बजारमा लखेटी लखेटी हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई माफी दिएर सरकारले अराजकता निम्त्याएको बताए । रिगललाई माफी दिएपछि अहिले नेपालगञ्ज आतंकित रहेको उनले बताए ।

श्रीमान्का हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् । भारतीले दायर गरेको रिट केही दिनअघि दर्ता भएपनि प्रारम्भिक सुनुवाइ हुन बाँकी छ । रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए ।

हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । साथै, उक्त घट्नामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।

Tags: #रिगल माफी सर्वाेच्चमा#रिगल आममाफी प्रकरण#राष्ट्रपतिमाथि प्रश्नैप्रश्न

लोकप्रीय

Melbet промокод 2025: BCVIP Мелбет бонус: 520$

मङ्लबार माघ ६ , २०८२

Мелбет ЦУПИС: веб-журнал, авиамагистраль, коэффициенты, платежи

मङ्लबार माघ ६ , २०८२

Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet

मङ्लबार माघ ६ , २०८२

विचार

Melbet промокод 2025: BCVIP Мелбет бонус: 520$

मङ्लबार माघ ६ , २०८२

Мелбет ЦУПИС: веб-журнал, авиамагистраль, коэффициенты, платежи

मङ्लबार माघ ६ , २०८२

Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Melbet промокод 2025: BCVIP Мелбет бонус: 520$

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет ЦУПИС: веб-журнал, авиамагистраль, коэффициенты, платежи

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет официальный сайт скачать мобильную: сплошной веб-обозрение 2025 возраста

मङ्लबार माघ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Melbet промокод 2025: BCVIP Мелбет бонус: 520$

मङ्लबार माघ ६ , २०८२

Мелбет ЦУПИС: веб-журнал, авиамагистраль, коэффициенты, платежи

मङ्लबार माघ ६ , २०८२

Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.