बाबुराम र प्रचण्डबीच कहाँ कुरो मिलेन ?

१७ असोज ८०, बिहीबार

१८ असोज, काठमाण्डौ ।
नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका विषयमा वार्ताको औचित्य सकिएको निर्णय गरेको छ । असोज १५ देखि १७ गतेसम्म बसेको नेसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निष्कर्ष निकालेको हो । नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त कुरा लेखिएको छ ।

‘नौ–बुँदे पार्टी एकताका आधारसम्बन्धी प्रस्तावमाथि नेकपा माओवादी केन्द्रले छलफल नै गर्न नचाहेको र सिद्धान्तनिष्ठ नयाँ समाजवादी केन्द्रको निर्माणमा भन्दा तत्काल संसदीय अंक गणित मिलाएर सत्तामा टाँसिरहने प्रवृति देखाइरहेको छ । हालै माओवादी केन्द्रको नेतृत्वले हाम्रो पार्टीका एक अध्यक्षलाई पठाएको पत्रले पनि रुपान्तरणसहितको समाजवादी ध्रवीकरणभन्दा दाउपेचको राजनीति मात्रै गर्न खोजिरहेको झल्को दिन्छ ।

यो स्थितिमा हामीले प्रस्तुत गरेको ९– बुँदे समष्टीगत प्रस्ताव बारे माओवादीको औपचारिक धारणा नआएसम्म माओवादी केन्द्रसँग वार्ताको औचित्य नरहेको हाम्रो पार्टी प्रष्ट पार्न चाहन्छ,’ विज्ञप्तिमा उल्लेख छ । आगामी दिनमा पार्टी आफ्नो संगठन र जनआधार निर्माण र विस्तारमा केन्द्रित रहँदै जनसरोकारका राष्ट्रिय मुद्दाहरूमा विभिन्न पार्टी र समूहहरूसँग सहकार्य, कार्यगत एकता गर्ने र विचार, नीति, कार्यक्रम मिल्ने शक्तिहरूसँग भरपर्दो अग्रगामी वैकल्पिक शक्ति निर्माणका निम्ति संयुक्त मोर्चा र ध्रुवीकरणका लागि पनि निरन्तर प्रयत्न गर्ने जनाएको छ ।

Advertisement

पार्टीको प्रथम महाधिवेशन आगामी वैशाख महिनामा भव्यताका साथ सम्पन्न गर्ने र त्यसको तयारीका लागि आगामी मंसिर ६ र ७ गते केन्द्रीय समितिको बैठक काठमाडौंमा गर्ने निर्णय समेत गरेको छ । त्यस अघि विधान अधिवेशनका लागि पार्टीको विधान मस्यौदा गर्न केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा अधिवक्ता कृष्ण शर्माको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको विज्ञप्तिमार्फत जनाइएको छ ।

यसअघि समाजादी मोर्चा गठन गर्दा पाखा लगाइएका डा. बाबुराम भट्टराईलाई बेवास्ता गर्दै नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी मोर्चाका अर्का अध्यक्ष महिन्द्र राय यादवसँग एकता प्रस्ताव राखेको थियो । गत भदौ ३० गतेको मितिमा अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र महासचिव देवप्रसाद गुरुङ पठाएको पत्रमा उनीहरुले बाबुरामसँग एकता गर्न नचाहेको प्रष्ट पारेका थिए ।

Advertisement

आफैंले परिकल्पना गरेको समाजवादी मोर्चाबाट बाहिरै बस्नुपरेपछि प्रचण्डसँग बाबुराम रुष्ट छन् । तत्कालीन अवस्थमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको चरम द्वन्द्वपछि बाहिरिएका बाबुरामले नेपाल समाजवादी स्थापना गरेका थिए। उक्त पार्टीका एकजन अध्यक्ष महिन्द्र राय यादवले माओवादी केन्द्रको चुनाव चिह्न लिएर सर्लाहीबाट चुनाव लडेर जितेका थिए।

यता गोरखामा प्रचण्डका लागि ठाउँ खाली गरिदिएर काठमाडौंमा माओवादीको चुनाव चिह्नबाट छोरी मानुषीलाई उनले उठाएका थिए। तर मानुषी पराजित हुन पुगिन्। आफैंले परिकल्पना गरेको समाजवादी मोर्चा झुक्याएर घोषणा गरेको भन्दै बाबुराम प्रचण्डप्रति आक्रोशित थिए। गत असार २ गते बालुवाटारमा भेट गर्दा प्रचण्डले एक–डेढ महिना मोर्चा घोषणा नगर्ने बताएका थिए।

तर, असार ४ मै नेसपालाई छुट्याएर अन्य पार्टीले मोर्चा घोषणा गरिदिएका थिए। त्यही कारण बाबुराम ६ महिने संगठन विस्तार अभियान लिएर जिल्ला–जिल्ला पुगेका थिए। तर प्रचण्डले बाबुरामबाहेकका नेसपाका अन्य नेतालाई एकतामा ल्याउने गरी पठाएको पत्रले हलचल भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top