कंचनजंघाको हिमताल फुट्दा टिस्टामा प्रलय

१८ असोज, एजेन्सी ।
भारतमा एक हिमताल फुटेर आएको भीषण बाढीमा परी मर्नेको सङ्ख्या बढेर १० पुगेको र ८२ जना अझै हराइरहेका छन् । भारतीय सेनाका प्रवक्ता हिमांशु तिवारीका अनुशार “बाढीले सिक्किम प्रान्तका चार जिल्लामा मानिस, सडक र पुलहरू बगाएर विनाश गरेको छ”, उत्तरपूर्वी सिक्किमको पहाडी उपत्यकामा हिमताल फुटेको भोलिपल्ट आज यस्तो जानकारी दिएका हुन् ।

अधिकारीहरूका अनुसार बाढीले सडकहरू गम्भीररूपमा क्षतिग्रस्त भएका छन् भने १४ वटा पुल बगाएको छ । “अहिलेसम्म १० वटा शव फेला परेको छ र सैनिक कर्मचारीसहित ८२ जना हराइरहेका छन्”, सिक्किम राज्यका मुख्यसचिव विजय भूषण पाठकले भनेका छन् । हराइरहेकामध्ये २२ जना सैनिक कर्मचारी रहेको भारतीय सेनाले जनाएको छ । एक सैनिकको उद्धार गरिएको थियो ।

विश्वको तेस्रो सबैभन्दा अग्लो शिखर कञ्चनजङ्घामा रहेको हिमनदीको फेदमा अवस्थित ल्होनाक ताल फुट्दा पानीको बहाव बढेको हो । विश्वव्यापी तापक्रम बढ्दै जाँदा हिउँ पग्लिएर हिमनदीबाट विनाशकारी बाढी आउने क्रम बढ्दै गएको छ । लहोनक ताल वरपर राति साढे १ बजेको समयमा भारी वर्षा भएपछि टिस्टा नदीमा अचानक बाढी उर्लिँदा लाचेन उपत्यकामा बाढी पसेको थियो ।

भारतीय सेनाका अनुसार यतिबेला बेपत्ता सेनाहरूको खोजी कार्य जारी छ । सार्वजनिक भिडियोहरूमा सिक्किमका घरमा बाढी पसेको छ भने ठूलाठूला घरलाई बाढीमा आएको लेदोले ढाकेको छ । उत्तरी सिक्किमको लहोनक ताल वरपर एक्कासी भारी वर्ष हुँदा लाचेन उपत्यका छेउको टिस्टा नदीमा अचानक बाढी आएको थियो ।

त्यति मात्र नभएर चुंगथांग बाँधले पानी थेग्न नसकेपछि पानी छोड्नु परेको थियो । जसकारण एकैपटक नदीमा १५ देखि २० फिटको उचाइमा पानी बढेको थियो । यसरी बाढी आउँदा सिंगतामस्थित बारदांगमा राखिएका सैनिकका गाडीसँगै सैनिकलाई बाढीले बगाएको हो । कयौँ गाडी र सैनिक माटोमुनि पुरिएको हुन सक्ने आशंका गरिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top