×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

ज्वाइँलाई घण्टाघरमा जागिर दिएपछि घेरिए हर्क साम्पाङ

१८ आश्विन २०८०

१८ असोज, विराटनगर ।
पटक पटकको विवादले स्थगित हुँदै आएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा बुधबार फेरि मेयर र कार्यपालिका सदस्यहरुबीच विवाद भएको छ । मेयर हर्क सम्पाङले पुराना कर्मचारीलाई हटाएको र आफ्ना ज्वाइँ र नातेदारलाई जागिर लगाएको विषयमा विवाद भएपछि मेयर हर्क सम्पाङले बैठक स्थगित गरेका छन् ।

बैठकपछि मेयर हर्कले आफू औठा छाप मेयर नभएको भन्दै अरुको निर्देशन अनुशार नचल्ने र कार्यकारी अधिकार प्रयोग गर्ने बताएका छन् । कार्यपालिका वैठकमा १५ वटा एजेण्डामाथि सुरु भएको छलफलमा मेयर साम्पाङले उमेरहद देखाउँदै घण्टाघरमा १८ वर्षदेखि कार्यरत राजा सुब्बा र ८ वर्षदेखि मालीको रुपमा काम गरिरहेका प्रकाश राईलाई हटाएका छन् ।

Advertisement
Advertisement

त्यस स्थानमा ज्वाइँ अभिषेक राई र जेठान पर्ने अनुज भुजेललाई नियुक्ति दिएको वडाध्यक्षहरुको दाबी छ । बुधबारको बैठकमा उपमेयर अइन्द्रबिक्रम बेघाले बिदा गरिएका कर्मचारीलाई उपदान दिने प्रस्ताव राखेका थिए । जसअनुसार ५ देखि १० वर्षसम्म काम गरेकालाई एक महिना, १० देखि १५ वर्ष काम गरेकालाई दुई महिना र १५ देखि २० वर्ष काम गरेकाहरुलाई तीन महिनाको तलब बराबर रकम दिने प्रस्ताव थियो ।

त्यसमा वडाध्यक्षहरुले प्रश्न उठाए । एक कार्यपालिका सदस्यले सल्लाह नगरी हटाउने काम भएको बताए । उनीहरुसहित ७ जना कर्मचारीबारे सहज बाटो खोज्नुपर्ने भन्दै उनले एक वर्षका लागि ज्यालादारीमा राख्ने र गोल्डेन ह्याण्डसेक दिएर विदा गर्नुपर्ने बताएका थिए । तर मेयर सम्पाङले व्यक्तिलाई हेरेर निर्णय नगरेको बताएका थिए ।

वडाध्यक्षले पटक पटक निर्णय पुनर्विचार गर्न आग्रह गरेपनि मेयर सम्पाङले २२ जनालाई निकालेको भए पनि दुई जनाको विषयलाई मात्र किन मुद्दा बनाएको भनेर प्रश्न गरेका थिए । बैठकमा उपमहानगरका प्रवक्ता समेत रहेका वडा नम्बर १७ का वडाध्यक्ष मनोज भट्टराईले कसरी अवकाश दिएको भनेर प्रश्न गरेपछि प्रमुख प्रशासकीय अधिकृतले कर्मचारीको अवकाश उमेर ५८ वर्ष तोकिएको बताए ।

त्यसअनुसार २२ जनाले अवकाश पाएको र नगरसभाले निर्णय गरेअनुसार सरसफाइका १५, चौकीदार र माली गरेर ५ जना, केही नगर प्रहरी बाहेक अरु कर्मचारी नराखेको बताएका थिए । यही विषयमा विवाद बढेपछि कार्यपालिका सदस्यहरुले मेयरले मनलाग्दी गरेको भन्दै विरोध गरेका थिए ।

त्यसपछि मेयर र कार्यपालिका सदस्यहरुले एकअर्कालाई अराजक भएको आरोप लगाएपछि कार्यपालिकाको बैठक बिथोलिएको थियो ।वैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मेयर साम्पाङले वडाध्यक्षहरुले आफूलाई सिकाउन नसक्ने बताएका छन् ।

Advertisement

घण्टाघरमा ज्वाइँ नियुक्त गर्नुभएको हो भन्ने प्रश्नमा उनले वडा नम्बर १७ का वडाध्यक्षका श्रीमतीलाई पनि कम्युटर अधिकृत नियुक्त गरेको रेकर्ड रहेको बताएका छन् ।विवादकै बीच मेयर हर्कले नगर प्रहरी मेयरप्रति नै जवाफदेही रहेको बताउँदै यसविषयमा आफूलाई नसिकाउन चेतावनी दिए । हर्कले ०८४ मा पनि आफू मेयरमा उठ्ने भन्दै आफूलाई हराएर देखाउन पटक पटक चुनौती दिएका छन् ।

भर्खरको समाचार

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

सम्बन्धित खबरहरु

Scroll to Top