अब एक्समा समाचार सेयर गर्दा शीर्षक नदेखिने

१८ असोज ८०, बिहीबार
Share this
732shares

१८ असोज,काठमाडौं ।

Advertisement

ट्विटरबाट नाम परिवर्तन भएर एक्स बनेको सामाजिक सञ्जालमा अब समाचार सेयर गर्दा शीर्षक नदेखिने भएको छ। द गार्डियनका अनुसार एक्सका मालिक एलन मस्कले बुधबारदेखि सञ्चारमाध्यमहरूले आफ्नो अकाउन्टमा पोष्ट गरेका समाचार लिंकमा शीर्षक नदेखिने बनाएका हुन्।

एक्सको स्वरूपलाई आकर्षक बनाउन शीर्षक नदेखाएर तस्बिरमात्र देखिने गरी अल्गोरिदम सेट गरिएको मस्कले बताएका छन्।अब समाचार सेयर गर्दा त्यसमा प्रयोग भएको तस्बिर देखिने छ र उक्त तस्बिरमा क्लिक गर्दा समाचार खुल्नेछ।

Advertisement

संसारभरि लोकप्रिय रहेको सामाजिक सञ्जाल ट्विटर एक वर्षअघि मस्कले किनेका थिए। त्यसयता उनले नाम फेर्नेदेखि अरू विभिन्न परिवर्तन गरिरहेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top