Nepal Times
Nepal Times
207
Shares

सुन–चाँदीको भाउ स्थिर

सुन–चाँदीको भाउ स्थिर

१९ असोज ,काठमाडौं ।

साताको अन्तिम कारोबार दिन अर्थात् नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। बिहीबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।बिहीबार प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.