बझाङमा फेरि भूकम्प, प्रधानमन्त्री केन्द्रबिन्दु पुग्दै

१९ असोज, काठमाण्डौ ।
सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रबिन्दु भएर चार दशमलव तीन तथा गए राति १२ः२३ बजे चैनपुर नै केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गत मङ्गलवार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । दोस्रो पटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर छ दशमलव तीन रेक्टर स्केल, ३ः१३ बजे चैनपुर केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केल, ३ः४५ बजे सुरमा केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो ।

यसैबीच भूकम्प प्रभावित बझाङको भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रभावितलाई निरास नबनाउन आग्रह गरेका छन्। मंगलबार गएको भूकम्पपछि बझाङ पुगेका लामिछानेले प्रभावित क्षेत्रमा चिसो बढ्ने क्रममा रहेको र प्रभावितहरुलाई ओढ्ने–ओछ्याउने कपडाको आवश्यकता रहेको बताएका छन्।

स्वास्थ्य चौकीहरु र शिक्षालयहरुलाई प्राथमिकतामा राखी तत्काल वैकल्पिक उपाय सहितका टेम्पोरेरी सेल्टर टेन्ट आवश्यक रहेको लामिछानेले उल्लेख गरेका छन्। प्रभावितबीच पुग्दै गर्दा प्रधानमन्त्री चढेको हेलिकोप्टरले चर्किएका घरहरु नभत्किउन् भन्दै लामिछानेले सचेत समेत गराएका छन्।

लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्– प्रधानमन्त्रीज्यू आज भूकम्प प्रभावित जिल्ला बझाङ आउँदै हुनुहुन्छ भन्ने सुनेँ। यहाँ प्रभावितको व्यवस्थापनमा समस्या छ। सबैका लागि पर्याप्त त्रिपाल पनि छैन। चिसो बढ्दो छ, ओढ्ने–ओछ्याउने आवश्यक छ। बच्चा र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्नुपर्ने छ। स्वास्थ्य चौकीहरु र शिक्षालयहरुलाई प्राथमिकतामा राखी तत्काल वैकल्पिक उपाय सहितका टेम्पोरेरी सेल्टर टेण्ट आवश्यक छन्।

प्रभावितलाई अब क्रमशः अरु समस्याले पिरोल्ने छ। घर भत्किएका र चर्किएकालाई विस्तारै सुरक्षित आवासमा लैजानु पर्ने छ। प्रभावितबीच पुग्दै गर्दा प्रधानमन्त्रीज्यूले पक्कै यी समस्याबारे सोच्नुभएको होला। प्रभावितलाई निरास नबनाउनुहुन आग्रह गर्दछु। हेलिकोप्टरको आवाजले चर्किएका घरहरु नभत्किउन् , हेलीकोप्टर गैसकेपछि सकेसम्म अरु पुग्न नसेकेका दुर्गम ठाउँ तिर पुग्नु होला।

हामी बझाङका जनताको साथमा छौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनाको हेलिकोप्टरमार्फत् आज बझाङ पुग्दै छन् । भूकम्पले सुदूरपश्चिम प्रदेशका ७ वटै पहाडी जिल्लामा असर पु¥याएको छ। सबैभन्दा बढी बझाङमा क्षति पुगेको छ।

भूकम्पको केन्द्रबिन्दू रहेको बझाङमा १ जनाको मृत्यु भएको छ। २० जना घाइते भएका छन्। भूकम्पका कारण बझाङमा ७० वटा निजी घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्। यस्तै, २४५ वटा निजी घरमा आंशिक क्षति पुगेको छ।

भर्खरको समाचार

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सम्बन्धित समाचार

Scroll to Top