पुटिनले बताईदिए युक्रेनको भविष्य

१९ असोज, एजेन्सी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी सैन्य र आर्थिक सहायता रोकिए युक्रेन ‘एक हप्ता’ भन्दा बढी नटिक्ने बताएका छन् । युरोपेली संघका एक अधिकारीले अमेरिकाले सहयता रोके त्यसलाई ईयूले परिपूर्ति गर्न नसक्ने चेतावनी दिएकै दिन पुटिले यस्तो टिप्पणी गरेका हुन् । वाशिंगटनमा बढ्दो राजनीतिक तनावले रूससँग लड्न कीभलाई आवश्यक महत्त्वपूर्ण सैन्य र मानवीय सहायता रोकिनसक्ने चिन्ता बढेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साता युक्रेनका लागि दिँदै आएको सहायता टुट्न सक्ने चिन्ता व्यक्त गरेका थिए । “प्रत्येक महिना आइरहेको अर्बौंको सहयताका कारण युक्रेन उभिन सकेको छ,” बिहीबार मस्को आधारित थिंक ट्यांक भल्दाई डिस्कसन क्लबको बैठकमा बोल्दै पुटिनले भनेका छन्, “यदि यो रोकियो युक्रेन एक हप्तामा सकिनेछ ।

” पुटिनले यदि पश्चिमा मुलुकहरुले गोलीबारुद दिन छोडेमा पनि युक्रेन एक हप्तामै गोलीविहीन हुने बताएका छन् । उनले भने, “यस्तै कुरा रक्षा प्रणालीमा पनि लागु हुन्छ। सहायता रोकियो भने गोलाबारुद एक हप्तामा सकिनेछ ।” राष्ट्रपति पुटिनले संसार यति जटिल र विविधतायुक्त भएको भन्दै यसलाई एउटै ढाँचामा फिट गर्न नसकिने बताएका छन् ।

Advertisement

यसको पछाडि पश्चिमा शक्ति भए पनि शताब्दीयौंदेखिको औपनिवेशिकतामा जम्मा भएको विशाल शक्ति भएको उनले टिप्पणी गरेका छन् । पुटिनले अहिलेको विश्वव्यापी संकट मुख्यतया पश्चिमाहरूले निम्त्याएको बताएका छन् । पुटिनले एक्काइसौं शताब्दीको सुरुमा विश्वका देश र जनताले पछिल्लो शताब्दीको महँगो, विनाशकारी सैन्य–वैचारिक द्वन्द्वबाट पाठ सिकेको आशा गरेपनि त्यसो हुन नसकेको बताएका छन् ।

यसैबीच बिहीबार पूर्वी युक्रेनको एउटा गाउँमा रहेको एउटा क्याफे र स्टोरमा रुसी रकेट प्रहार हुँदा कम्तीमा ५१ सर्वसाधारणको मृत्यु भएको छ । यो जानकारी युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र कीभका अन्य शीर्ष अधिकारीहरूले दिएका छन् ।

Advertisement

युक्रेनका सहयोगीहरूलाई समर्थन जुटाउन ५० युरोपेली नेताहरूको शिखर सम्मेलनमा भाग लिन जेलेन्स्की स्पेनमा हुँदा आक्रमण भएको हो। उनले ह्रोजा गाउँमा भएको हमलालाई रुसी क्रूर अतिक्रमण र पूर्ण रूपमा जानाजानी आतंकवादी कार्य भएको भन्दै निन्दा गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top