रुसले आणविक सुपर पावरफुल मिसाइल बनायो

१९ असोज, एजेन्सी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आणविक शक्तिबाट चल्ने क्रुज मिसाइलको नयाँ पुस्ताको सफल परीक्षण गरेको घोषणा गरेका छन् । पुटिनलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी रिया नोवोस्तीले भनेको छ, “आणविक वारहेड र आणविक शक्तिबाट चल्ने प्रपल्सन प्रणाली सहितको विश्वभर नै मार हान्न सक्ने क्रुज मिसाइल बुरेभेस्टनिकको अन्तिम सफल परीक्षण गरिएको छ,“।

रुसी राष्ट्रपतिले वाल्दाई फोरममा बोल्दै यस परीक्षणको जानकारी दिएका हुन् । बुरेभेस्टनिकको विकास मार्च २०१८ मा राष्ट्रपति पुटिनले घोषणा गरेका थिए। अन्तरमहादेशीय र हाइपरसोनिक मिसाइलहरू विकास गर्न व्यापक पहलको एक भागको रूपमा यो घोषणा गरिएको थियो। जसमा किञ्जल ब्यालेस्टिक मिसाइल र एभानगार्ड हाइपरसोनिक ग्लाइड भेहिकल थिए ।

पश्चिमलाई सम्बोधन गर्दै उनले भनेका छन् ’अब हाम्रो कुरा सुन्नुहोस्।’ पुटिनले मार्च २०१८ मा संघीय सभालाई भनेका थिए कि हतियारले दशकौंसम्म विश्वमा सन्तुलन सुनिश्चित गर्ने लक्ष्य राखेको छ। त्यसबेला पुटिनले यो न्यूक्लियर वारहेड बोक्ने कम उड्ने स्टिल्थ मिसाइल भएको जसमा असीमित दायरा, अप्रत्याशित प्रक्षेपण र अवरोधहरू पार गर्ने क्षमता रहेको बताएका थिए।

यद्यपि, पश्चिमी विश्लेषकहरूले धेरै असफल परीक्षणहरूका कारण कार्यक्रम समस्यामा परेको बताएका थिए । न्यूक्लियर थ्रेट इनिसिएटिभ (एनटीआई) ले २०१९ मा १३ पटक परीक्षणहरू सञ्चालन गरिएकोमा दुई पटक मात्रै आंशिक सफलता मिलेको बताएको थियो।

एनटीआईले रुसी सैन्य विशेषज्ञ एलेक्सी लियोनकोभलाई उद्धृत गर्दै यो मिसाइल आक्रमणको जवाफ दिने हतियार भएको बताएको छ।पश्चिमी सञ्चारमाध्यमले यो रुसी मिसाइललाई उड्ने चेर्नोबिलको रुपमा व्याख्या गरेका छन् । सोभियत कालमा चेर्नोबिल शहरमा एउटा ठूलो आणविक दुर्घटना भएको थियो।

रुसी राष्ट्रपतिले आफ्नो सम्बोधनमा कसैले पनि रुसमाथि आणविक हमला गर्ने सोच नगर्ने बताएका छन् । उनले भनेका छन्, ’हाम्रो सयौं मिसाइल एकैसाथ हावामा हुनेछन्, जसले कुनै पनि शत्रुलाई बाँच्ने मौका दिने छैन।’ एक रिपोर्टका अनुसार रुससँग ६ हजारभन्दा बढी आणविक हतियारको भण्डार छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top