विश्वकपमा पाकिस्तानको विजयी सुरुवात

१९ असोज ८०, शनिबार

२० असोज, एजेन्सी ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी शुरुवात गरेको छ । शुक्रबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले हराउँदै विजयी शुरुवात गरेको हो । जितका लागि २ सय ८७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४१ ओभरमा २ सय ५ रनमा अलआउट भयो । नेदरल्यान्ड्सका बास डि लिडले सर्वाधिक ६७ र विक्रमजित सिंहले ५२ रन बनाए । लोगन भान विक २८ रनमा अविजित रहे ।

उसका अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ३ विकेट लिए । हसन अलीले २ तथा शाहिन शाह अफ्रिदी, इफ्तिखर अहमद, मोहम्मद नवाज र शादब खानले समान एक विकेट लिए । त्यसअघि हैदराबादमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तान ४९ ओभरमा २ सय ८६ रनमा अल आउट भएको थियो ।

पाकिस्तानका मोहम्मद रिजवान र साउद सकिलले सर्वाधिक समान ६८ रन जोडे।नेदरल्यान्ड्सका बास डी लिडले ४ विकेट तथा कोलिन एकरम्यानले २ विकेट लिए । अस्ति भएको उद्घाटन खेलमा न्युजिल्यान्डले इङ्ग्ल्यान्डलाई ९ विकेटले हराएको थियो । विश्वकपमा आज दुई खेल हुँदैछन् । बङ्लादेश र अफगानिस्तानबीच धर्मशालामा खेल शुरु भएको छ ।

Advertisement

त्यस्तै, दिउँसो सवा दुई बजे दिल्लीमा दक्षिण अफ्रिका र श्रीलङ्का खेल्नेछन् । हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा जारी खेलमा बंगलादेश र अफगानिस्तान दुबै विजयी सुरुवात गर्न चाहन्छन् । दुबैको स्पिन आक्रामण मजबुत छ । अफगानिस्तानका राशिद खान, मोहम्मद नाबी र मुजिब उर रहमानको स्पिन आक्रामण खेल्न बंगलादेशी ब्याटरलाई सहज हुनेछैन ।

अफगानिस्तानको शीर्षक्रम ब्याटिङ मजबुत छ । ओपनर रहमानउल्लाह गुरबाज, इब्राहिम जद्रान र रमाहत शाह प्रमुख ब्याटर हुन् । गुरबाज र जद्रान प्रमुख ब्याटर हुन् । यी दुई खेलाडीको प्रदर्शन महत्वपूर्ण हुनेछ । युवा ब्याटर जद्रानले पनि लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । अफगानिस्तानको मध्यक्रम र तीव्र गतिको बलिङ तुलनात्मक रुपमा कमजोर छ ।

उता बंगलादेशका ओपनर लिटन दास, मुश्ताफिजुर रहमान र तौहिद हृदोय प्रमुख ब्याटर हुन् । यी तीन ब्याटरको प्रदर्शन महत्वपूर्ण हुनेछ । युवा ब्याटर तानजिद हसन र नाज्मुल हसन सान्टो पनि राम्रो ब्याटिङ गर्दछन् । कप्तान सकिब अल हसन टोलीका प्रमुख हतियार हुन् । तीव्र गतिका बलरमा तस्किन अहमद, मुश्ताफिजुर रहमान र तान्जिम सकिब हसन हुनेछन् ।

अर्को खेलमा श्रीलंका चोटका कारण कमजोर बनेको छ । प्रमुख स्पिनर वानिन्दु हसरंगा विश्वकप टोलीमा छैनन् । अर्का स्पिनर महेश थिक्सेना पनि आजको खेलमा उपलब्ध हुनेछैनन् । त्यसैले बलिङ आक्रामण कमजोर बनेको छ । कुशल मेन्डिस टोलीका प्रमुख ब्याटर हुन् । कुशल परेरा, चरथि असलंका र कप्तान दासुन शानका पनि राम्रो ब्याटिङ गर्नसक्छन् ।

पथिसा पाथिराना प्रमुख तीव्र गतिका बलर हुन् । दक्षिण अफ्रिका उच्च मनोबलका साथ भारत आएको छ । ओपनर क्विन्टन डि कक, हेनरिक क्लासेन, एडेन माक्ररम र डेविड मिलर जस्ता विश्वचर्चित ब्याटर छन् । यी चार मध्य एकले ठूलो इनिङ खेल्नुपर्ने हुन्छ ।

दक्षिण अफ्रिकाको तीव्र गतिको बलिङ आक्रामण मजबुत छ । कागिसो रबाडा,लुन्गी एनगिडी र जेराल्ड कोट्जी तीव्र गतिका बलरको रुपमा हुनेछन् । कप्तान टेम्बा बभुमाले पनि ओडिआईमा पछिल्लो समय राम्रो ब्याटिङ गर्दै आएका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top